मंगलबार, भदौ २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • खोप ल्याउन अन्तर्राष्ट्रिय निकायसँग छलफल भइरहेको छ : स्वास्थ्य मन्त्रालय 

खोप ल्याउन अन्तर्राष्ट्रिय निकायसँग छलफल भइरहेको छ : स्वास्थ्य मन्त्रालय 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको खोप ल्याउनको लागि तयारी तीव्र पारिएको जनाएको छ।
 |  मंगलबार, मंसिर ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ३०, २०७७

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको खोप ल्याउनको लागि तयारी तीव्र पारिएको जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार विज्ञप्ति जारी गर्दै खोपका सम्बन्धमा सरकारबाट भएका गतिविधिबारे जानकारी गराएका हुन्।  

विज्ञप्तिअनुसार अन्तर्राष्ट्रिय निकायहरूमा खोप प्राप्तिका लागि पत्राचार भइसकेको छ। 

साथै, ती निकायहरूमा प्राविधिक सहयोग र कोभ्याक्स कोल्डचेन उपकरणका लागि पनि अनुरोध गरिएको छ। 

मन्त्रालयले ७२ प्रतिशत नेपालीलाई कोभिड–१९ विरुद्धको खोप दिने तयारी अगाडि बढाएको जनाएको छ। 

स्वास्थ्य मन्त्रालयले खोप सम्बन्धी प्राविधिक सुझाव दिन विज्ञ सल्लाहकार समिति बनाएर अघि बढिरहेको पनि जानकारी गराएको छ। 

मन्त्रालयले खोप सचिवालयको गठन, खोपको प्राविधिक कार्यपत्रलाई पूर्णता दिने, आवश्यकता आँकलन, सेवाग्राहीको व्याख्यासहितको प्राथमिकीकरण, डिप्लोएमेन्ट प्लान, खोप कोषको प्रस्ताव आह्वान, सञ्चालन, सार्वजनिक सूचना प्रवाह निर्देशिका साझेदारसँगको संवाद, अनुगमन नियमन अनुसन्धान तथा क्लिनिकल व्यवस्थापन पहिचान गर्न कार्यदल बनाएर काम गरिरहेका जनाएको छ।
 

प्रकाशित: Dec 15, 2020| 10:51 मंगलबार, मंसिर ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।