मंगलबार, भदौ २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • उखु किसानको रकम भुक्तानी नगर्ने उद्योगीलाई सरकारले पक्राउ गर्ने

उखु किसानको रकम भुक्तानी नगर्ने उद्योगीलाई सरकारले पक्राउ गर्ने

सरकारले उखु किसानको रकम भुक्तानी नदिने चिनी उद्योगीलाई कानुनी कारबाही गर्ने निर्णय गरेको छ। 
 |  मंगलबार, मंसिर ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ३०, २०७७

काठमाडौं– सरकारले उखु किसानको रकम भुक्तानी नदिने चिनी उद्योगीलाई कानुनी कारबाही गर्ने निर्णय गरेको छ। 

गृह मन्त्रालयमा आज मंगलबार बसेको बैठकले किसानको रकम तिर्न अटेरी गर्ने व्यापारीलाई पक्राउ गर्ने निर्णय गरेको हो। 

‘उखु किसानको रकम दिनका लागि आवश्यक पहल गर्ने, रकम तिर्न अटेरी गरेमा कानुनी कारवाही अगाडि बढाउने निर्णय भएको छ,’ गृहका एक अधिकारीले भने। 

गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा कृषि मन्त्री घनश्याम भुसाल, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र संघीय मामिला तथा स्थानीय विकास मन्त्री हृदयश त्रिपाठीसहितको सहभागितामा बैठक बसेको थियो। 

बैठकमा मन्त्रालयका सचिव र नेपाल प्रहरीका एक जना एआईजी पनि सहभागी थिए। 

उखुको रकम नपाएको भन्दै किसानहरु अहिले आन्दोलनमा छन्।
 

प्रकाशित: Dec 15, 2020| 10:02 मंगलबार, मंसिर ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।