मंगलबार, भदौ २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेकपाभित्रै संवैधानिक परिषद् अध्यादेशको विरोध, खारेज गर्न अध्यक्ष दाहालको माग

नेकपाभित्रै संवैधानिक परिषद् अध्यादेशको विरोध, खारेज गर्न अध्यक्ष दाहालको माग

सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको सत्तारुढ दल नेकपाभित्रै चर्को विरोध भएको छ। 
 |  मंगलबार, मंसिर ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ३०, २०७७

काठमाडौं– सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको सत्तारुढ दल नेकपाभित्रै चर्को विरोध भएको छ। 

बहुमत सदस्यकै उपस्थितिमा निर्णय गर्न सक्ने गरी अध्यादेश जारी भएपछि नेकपाभित्र तरंग पैदा भएको हो।

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यादेशप्रति कडा आपत्ति जनाउँदै तत्काल खारेजीको माग गरेका छन्। ‘अध्यादेश ल्याउने कदम असंवैधानिक हो,’ दाहाल निकट स्रोतले भन्यो, ‘यो तत्कालै खारेज हुनुपर्छ।’

सबै पार्टीले संसद् अधिवेशन बाेलाउन माग गरिरहेका बेला अध्यादेश ल्याउनु लाेकतन्त्रकै उपहास भएकाे र याे बदनियतपूर्ण भएकाले खारेज हुनुपर्ने माग दाहालले गरेका छन्।  

पार्टीभित्र देखिएको विवाद समाधानका लागि स्थायी कमिटीको बैठक जारी रहेकै बेला प्रधानमन्त्रीले कुनै छलफल र परामर्श नगरेरै अध्यादेश ल्याएपछि त्यसले नेकपाभित्र विवाद झन् चर्किने संकेत देखिएको छ। 

आज मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य र कार्यविधि सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७७ जारी गरेकी हुन्।

आज बिहान ९ बजे बोलाइएको संवैधानिक परिषद्को बैठक गणपूरक संख्या नपुगेपछि स्थगित भएको थियो। प्रधानमन्त्रीले आजै साँझ ५ बजे पुनः बैठक बोलाएका छन्। 

प्रकाशित: Dec 15, 2020| 09:41 मंगलबार, मंसिर ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।