मंगलबार, भदौ २३, २०८३

राष्ट्रपतिद्वारा संवैधानिक परिषद् अध्यादेश जारी

राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश जारी गरेकी छन्।
 |  मंगलबार, मंसिर ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ३०, २०७७

काठमाडाैं-  राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश जारी गरेकी छन्।

राष्ट्रपति कार्यालयका प्रवक्ता बद्रीनाथ अधिकारीका अनुसार उनले मंगलबार अध्यादेश जारी गरेकी हुन्। 

संवैधानिक परिषदमा निर्णय गर्न सहज हुन सक्ने गरी अध्यादेश ल्याइएको बुझिएको छ। जारी अध्यादेशअनुसार संवैधानिक परिषद्काे बैठकले बहुमतबाट निर्णय गर्न सक्नेछ। 

परिषदमा ६ जना सदस्य रहने प्रावधान छ। उपसभामुख पद रिक्त रहेकाले अहिले ५ जना सदस्य छन्। ५ जनामध्ये चारजना बैठकमा उपस्थित भए पनि निर्णय गर्न सक्ने गरी अध्यादेश ल्याइएकाे स्राेत बताउँछ। 

गत वैशाखमा राष्ट्रपति विद्यादेवी भण्डारीले चौतर्फी विरोधपछि दल विभाजन र संवैधानिक परिषद् सम्बन्धी दुई अध्यादेश खारेज गरेकी थिइन्।

कोरोना भाइरसको महामारी चलिरहेका बेला सरकारले दल विभाजन र संवैधानिक परिषद्सम्बन्धी व्यवस्थामा संशोधन गर्न अध्यादेश ल्याएको भन्दै चर्को आलोचना भएको थियो।

प्रकाशित: Dec 15, 2020| 08:47 मंगलबार, मंसिर ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।