मंगलबार, भदौ २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश १ मा सुविधा सम्पन्न जनस्वास्थ्य प्रयोगशाला बन्दै

प्रदेश १ मा सुविधा सम्पन्न जनस्वास्थ्य प्रयोगशाला बन्दै

भवन आगामी असार १५ भित्रमा निर्माण सम्पन्न गर्ने योजना छ। 
 |  मंगलबार, मंसिर ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ३०, २०७७

विराटनगर– प्रदेश १ मा सुविधासम्पन्न जनस्वास्थ्य प्रयोशाला निर्माण गरिने भएको छ। 

मुख्यमन्त्री शेरधन राईले मंगलबार प्रयोगशाला भवनको शिलान्यास गरे। भवन आगामी असार १५ भित्रमा निर्माण सम्पन्न गर्ने योजना छ। 

मुख्यमन्त्री राईले प्रदेश जनस्वास्थ्य प्रयोगशालाको भवन निर्माणपछि विशिष्टीकृत सेवा प्रदान हुने बताए। उनले प्रयोगशालाका नाममा हुने गरेका बेथिति, अनियमितता, सर्वसधारणलाई ठग्ने कार्यको नियमन हुने पनि बताए।

मुख्यमन्त्री राईले भने, ‘प्रदेश जनस्वास्थ्य प्रयोगशालाले प्रयोगशालाका पनि प्रयोगशालाका काम गर्नेछ।’ 

सामाजिक विकासमन्त्री जीवन घिमिरेले विशिष्टीकृत परीक्षणका लागि काठमाडौं र भारतका विभिन्न सहर जानुपर्ने समस्या अन्त्य हुने बताए। 

उनले भने, ‘प्रदेशभित्रका प्रयोगशालाको गुणस्तर मापनको जिम्मेवारी, शुल्कको नियमन, अनुगमनको काम प्रदेश प्रयोगशालाले गर्नेछ।’

प्रयोगशालामा जेनरल ल्याब, नसर्ने रोग, सरुवा रोग, पीसीआर भाइरल कल्चर परीक्षण लगायतका काम हुने प्रदेश जनस्वास्थ्य निर्देशक जयवेन्द्र यादवले बताए । 

प्रयोगशाला सेभ द चिल्ड्रेन र ग्लोबल फन्डसँगको सहायतामा निर्माण गर्न लागिएको हो। 

प्रदेश जनस्वास्थ्य प्रयोगशालाका लागि स्नातकोत्तर क्याम्पसले ८ कठ्ठा १२ धुर जमिन उपलब्ध गराएको छ।
 

प्रकाशित: Dec 15, 2020| 08:31 मंगलबार, मंसिर ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।