मंगलबार, भदौ २३, २०८३

किसानका छोराछोरी कसरी बिचौलिया ? 

आन्दोलनरत उखु किसानलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले छलफलका लागि बोलाए पनि आन्दोलनरत किसानले छलफलमा नजाने अडान लिएका छन्। 
 |  मंगलबार, मंसिर ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ३०, २०७७

काठमाडौं–आन्दोलनरत उखु किसानलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले छलफलका लागि बोलाए पनि आन्दोलनरत किसानले छलफलमा नजाने अडान लिएका छन्। 

चिनी मिलले उखु किसानकोे उखुको बक्यौता रकम नपाएको भन्दै संघीय राजधानी कन्द्रित आन्दोलन थालेपछि मन्त्रालयले सोमबार चिनी मिलसँग वार्ता गरेको थियो। 

मन्त्रालयमा भएको वार्तामा चिनी मिलका मालिकले किसानको पैसा दिने बताएपछि मन्त्रालयले छलफलका लागि उखु किसानलाई मन्त्रालयमा बोलाएको हो। 

तर किसान भने उधारो छलफल र वार्तामा नजाने बताएका छन्। गत वर्ष पनि वार्ता र सम्झौता भएको र उक्त सम्झौता कार्यान्वयन नभएको भन्दै यस वर्ष कुनै वार्ता नगर्ने उखु किसानको अडान छ। 

उखु किसान संघर्ष समितिका संरक्षक राजेश मिश्राले किसानको दुईवटा माग पुरा गर्ने सर्तमा मात्रै छलफलका लागि तयार हुने बताए।  

एक, सरकारले आफ्नो राज्यकोषबाट किसानलाई पैसा दिएर चिनी मिलसँग सरकारले असुल गर्ने र अर्को चिनी मिलले रकम भुक्तानीको लागि मिति तोक्नुपर्ने र सो अवधिसम्म किसान सडकमै बस्ने। 

यी दुई सर्तमा मात्रै किसान छलफलका लागि तयार हुने संरक्षक मिश्राले बताए। 

मन्त्रालयका प्रवक्ता नारायणप्रसाद रेग्मीका अनुसार सोमबारको बैठकमा चिनी उद्योगीले उद्योगमन्त्री लेखराज भट्टलाई उखु किसान र आफूहरूबीच धेरै हदसम्म समस्या समाधान भएको बताएका थिए। 

साथै काठमाडौंमा आन्दोलन गर्न आएकाहरू किसान मात्रै नभएर बिचौलिया पनि रहेको मन्त्रीलाई बताएका थिए।

तर संघर्षसमितिका संरक्षक मिश्रा भने गाउँमा उखु खेती गरेका किसानका छोराछोरी काठमाडौंमा नै थिए, उनीहरु आन्दोलनमा आउँदा कसरी बिचौलिया भए? भन्ने प्रश्न गरेका छन्। 

‘आफ्ना किसान बाबु, आमालाई परेको समस्यामा काठमाडौंमा भएका छोराछोरीले साथ दिँदा बिचौलिया हुन्छ?’, उनले प्रश्न गरे।  

गत वर्ष पुस १८ मा १५ दिनभित्र उद्योगीबाट किसानको भुक्तानी गराउने प्रतिबद्धता उद्योगमन्त्री भट्टले गरेका थिए। 

तर अझै ऊखुको भुक्तानी नदिएको भन्दै आइतबारदेखि उखु किसानले काठमाडौंको माइतिघरमा आन्दोलन सुरु गरेका छन्। 
 

प्रकाशित: Dec 15, 2020| 06:24 मंगलबार, मंसिर ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।