मंगलबार, भदौ २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • उद्योगमन्त्रीलाई कांग्रेस प्रवक्ताको प्रश्न– हिजो उखु किसानको भोट चिन्ने, आज अनुहार नचिन्ने? 

उद्योगमन्त्रीलाई कांग्रेस प्रवक्ताको प्रश्न– हिजो उखु किसानको भोट चिन्ने, आज अनुहार नचिन्ने? 

‘उद्योगीले मूल्य तिर्न ढिलाइ गर्दा दबाब दिनुपर्ने सरकारको बोली लरबरिने? किसान चिन, स्वर सुन, मूल्य तिराऊ हाम्रो  ऐक्यबद्धता छ।’
 |  मंगलबार, मंसिर ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ३०, २०७७

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले उद्योमन्त्री लेखराज भट्टले उखु किसानका आन्दोलनका विषयमा दिएको अभिव्यक्तिको आलोचना गरेका छन्। 

भट्टले उखुको भुक्तानी माग्दै माइतीघरमा गरेको प्रदर्शनमा मधेका विभिन्न जिल्लाबाट आएकाहरु उखु किसान नै नभएको बताएका थिए।  

भट्टको उक्त अभिव्यक्ति मन्त्रीको मात्रै हो कि सरकारकै धारणा हो प्रधानमन्त्रीज्यू? भन्दै प्रवक्ता शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्नसमेत गरेका छन्।  

उनले किसानको स्वर सुन्न र मूल्य तिराउन सरकारसँग माग गरेका छन्। 

‘उखु किसान नै होइनन् यिनीहरु, जिम्मेवार मन्त्रीको यो बोली के सरकारकै धारणा हो सम्माननीय प्रधानमन्त्री ज्यू? हिजो यिनको भोट चिन्ने आज यिनको अनुहार नचिन्ने?', शर्माले ट्विटरमार्फत सोधेका छन्, ‘उद्योगीले मूल्य तिर्न ढिलाइ गर्दा दबाब दिनुपर्ने सरकारको बोली लरबरिने? किसान चिन, स्वर सुन, मूल्य तिराऊ हाम्रो  ऐक्यबद्धता छ।’

प्रकाशित: Dec 15, 2020| 06:04 मंगलबार, मंसिर ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।