सुर्खेत– भेरीगङ्गा नगरपालिका–१२ छिन्चुमा दुई सय मेट्रिक टन क्षमताको शीतगृह सञ्चालनमा आएको छ।
नारी जागरण बहुउद्देश्यीय कृषक समूहले शीतगृह निर्माण गरेको हो। चार ब्लकमा रहेको शीतगृहमा प्रतिब्लक ५०÷५० टन तरकारी तथा बीउ भण्डारण गर्न सकिने छ।
निर्माणको लागि कृषि विकास निर्देशनालयले ७० लाख, भेरीगङ्गा नगरपालिकाले ६५ लाख, साना तथा मझौला आयस्तर वृद्धि परियोजनाले ३९ लाख, नारी जागरण समूहले २९ लाख, कृषि मन्त्रालयले १५ लाख र गुर्भाकोट नगरपालिकाले पाँच लाख रुपैयाँ लगानी गरेका छन्।
शीतगृहको सञ्चालन तथा व्यवस्थापन साना किसान कृषि सहकारी संस्था लिमिटेडले गर्ने छ।
शीतगृह सञ्चालनमा आएसँगै ६६३ बोरा अदुवा भण्डारण गरिएको छ।
- रासस