काठमाडौं- नेपाल सरकार मन्त्रिपरिषद्को बैठक बालुवाटारमा बसिरहेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बस्न नसकेको मन्त्रिपरिषद्को बैठक आजका लागि डाकेको हुन् ।
मन्त्रिपरिषद्को नियमति बैठक सोमबार र बिहीबार बस्ने गरेको छ। आजको बैठकले उखु किसानको माग सम्बोधन गर्ने विषयमा निर्णय गर्न सक्ने एक मन्त्रीले जानकारी दिए।
आइतबारदेखि उखु किसान एक वर्षअघि सरकारले नै गराइदिएको सहमति कार्यान्व्यन नभएको भन्दै काठमाडौंमा प्रदर्शन गर्दै आएका छन् उनीहरुले चिनी मिलबाट ९० करोड रुपैयाँ भुक्तानी पाउन बाँकी छ।
कोभिड–१९ संकट व्यवस्थापन समितिले सिफारिसअनुसार सिनेमा हल खोल्ने तथा रात्रिकालीन व्यावसाय ससर्त खोल्न दिने विषयमा पनि बैठकमा छलफल हुँदैछ ।