मंगलबार, भदौ २३, २०८३

कर्णालीमा ९४ हजारको पिसीआर परीक्षण

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले प्रदेशका चार प्रयोगशालामा गरी ९४ हजार ३८२ जनाको पिसीआर परीक्षण गरेको जनाएको छ ।
 |  मंगलबार, मंसिर ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ३०, २०७७

काठमाडौं– कर्णाली प्रदेशमा ९४ हजारभन्दा बढीको आरटी–पिसीआर विधिबाट कोरोना भाइरसको परीक्षण गरिएको छ । 

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले प्रदेशका चार प्रयोगशालामा गरी ९४ हजार ३८२ जनाको पिसीआर परीक्षण गरेको जनाएको छ ।

कर्णालीमा प्रदेश अस्पताल, पशुपक्षी रोग अन्वेषण प्रयोगशाला, दैलेख अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र चौरजहारी सामुदायिक अस्पताल पश्चिम रुकुम प्रयोगशालामा पिसीआर विधिबाट कोरोनाको परीक्षण हुने गरेको छ ।

तीमध्ये सबैभन्दा बढी सुर्खेतबाट ४० हजार ५८ जनाको परीक्षण भएको छ । महाशाखाका अनुसार जुम्लाबाट २७ हजार ९५५, दैलेखबाट छ हजार ८२५ र चौरजहारीबाट १० हजार ३५०, भेरी अस्पताल बाँकेबाट ५७, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङबाट २९, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुबाट १७, नेपालगञ्ज मेडिकल कलेज कोहलपुरबाट दुई र कमलबजार प्रयोगशाला अछामबाट ८९ जनाको पिसीआर परीक्षण गरिएको छ ।

महाशाखाद्वारा जारी प्रेस विज्ञप्तिमा हालसम्म सात हजार ११३ जना सङ्क्रमित भएको उल्लेख छ । कर्णालीबाहेक अन्य प्रदेशका ५५० र भारतीय नागरिक पाँचसमेत गरी कूल सङ्क्रमितको सङ्ख्या सात हजार नाघेको हो । 

त्यस्तै कोरोनामुक्त हुनेको सङ्ख्या छ हजार ६५७ रहेको छ । कर्णाली प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या २९४ रहेको तथा मृत्यु हुनेका सङ्ख्या २२ रहेको महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए । रासस

प्रकाशित: Dec 15, 2020| 03:41 मंगलबार, मंसिर ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।