मंगलबार, चैत १०, २०८२

विश्वमै दुर्लभ अपरेसन : डाक्टरले अपरेसन गरिरहे, बच्चीले पियानो बजाइरहिन्

भारत मध्य प्रदेशको ग्वालियरमा एउटी बालिकाको अपरेसन अलि अनौठो तरिकाले भएको छ।
 |  मंगलबार, मंसिर ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ३०, २०७७

काठमाडौं– भारत मध्य प्रदेशको ग्वालियरमा एउटी बालिकाको अपरेसन अलि अनौठो तरिकाले भएको छ। यो अपरेसनबाट ९ वर्षीया बच्चीको ब्रेन ट्युमर निकालिएको छ। अनौठोचाहिँ के छ भने अपरेसनको दौरान सौम्या नामकी ती बालिकाले पियानो बजाइरहिन्।  

National life

अपरेसन ग्वालियरस्थित बिरला अस्पतालका डाक्टर अभिषेक चौहानले गरेका हुन्। अपरेसन गरेर उनले बच्चीको टाउकोको हड्डीबाट ट्युमर सफलतापूर्वक निकालेका छन्। उनी अहिले पूर्ण रुपमा स्वस्थ छिन्। 

उनलाई ब्रेन ट्युमर भएको एक वर्ष अघिमात्र थाहा भएको थियो। 

परिवार अपरेसन गर्न इच्छुक थिएन। किनकी यो जटिल त छँदै थियो, निकै जोखिमपूर्ण पनि थियो। बच्ची जीवनभरको लागि अपांग पनि बन्न सक्थिन्। 

अपरेसन गर्ने डाक्टर चौहानले बीबीसीसँग भने, ‘यो निकै गाह्रो अपरेसन थियो। सानो गल्तीले पनि बच्चीको ज्यान जान सक्थ्यो। अरु थुप्रै जटिलता आउन सक्थे।’

Laxmi sunrise bank
kumari

बिरला अस्पतालका अनुसार यति कम उमेरमा यसप्रकारको जटिल अपरेसन विश्वमै दुर्लभ हो, जसमा नौ वर्षे बालिकाले अपरेसन गरुन्जेल पियानो बजाइरहिन्।

डा. चौहान भन्छन्, ‘यो अपरेसन अवेक क्रेनोटामी पद्धतिबाट भएको हो। कहिलेकाहीँ ब्रेन ट्युमर मष्तिस्कको त्यो हिस्सामा हुन्छ, जुन हिस्साले हाम्रो शरीरको अत्यावश्यक काम गर्न निर्देशन दिन्छ। त्यसैले अपरेसनको दौरान पनि ती अत्यावश्यक काम जारी राख्न मानिस सजग भइराख्नु पर्ने हुन्छ। त्यसैले बालिकालाई पियानो बजाउन लगाएर सजग गराइराखिएको हो।’ 

अवेक क्रेनोटामी पद्धतिको अपरेसनमा बिरामीलाई बेहोस बनाइँदैन। अपरेसन गर्ने भागलाई मात्र निष्क्रिय बनाइन्छ र अपरेसन गरुन्जेल बिरामीलाई कुनै न कुनै काम गराइन्छ। 

इन्टरनेटमा प्राप्त जानकारीअनुसार अहिलेसम्म विश्वभर एकमात्र बच्चाको यस्तो अपरेसन गरिएको थियो भारतकै बैंगलोरमा। यो अपरेसनलाई अत्यन्तै जटिल मानिन्छ। 

प्रकाशित: Dec 15, 2020| 01:58 मंगलबार, मंसिर ३०, २०७७
प्रतिक्रिया दिनुहोस्