मंगलबार, भदौ २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेस नेताहरूको आरोप- सरकारको रबैयाका कारण राजावादीहरूले टाउको उठाउन थाले

कांग्रेस नेताहरूको आरोप- सरकारको रबैयाका कारण राजावादीहरूले टाउको उठाउन थाले

 |  सोमबार, मंसिर २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २९, २०७७

भैरहवा। नेपाली कांग्रेसका नेताहरूले कम्युनिष्ट सरकारको दिनगन्ती सुरु भएको बताएका छन्। 

सरकारविरुद्ध देशैभर प्रदर्शन गरेको कांग्रेसले रुपन्देहीमा हजारौं नेताकार्यकर्ता उतारेर विरोध सभा गरेको छ। 

भैरहवामा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेताहरूले सरकारको कडा विरोध गरे। 

सभामा बोल्ने नेताहरूले ‘जति दिन कम्युनिष्ट सरकार चल्छ, त्यति नै संघीय गणतन्त्रात्मक व्यवस्थामाथि प्रश्न चिन्ह खडा’ हुने बताए। 

कम्युनिष्ट सरकारको गलत प्रवृत्तिका कारण राजावादीहरूले टाउको उठाउन थालेको पनि उनीहरूको आरोप छ। 

नेपाली कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले संघीय गणतन्त्रप्रति नै विश्वास घटाउने काम ओली सरकारले गरेको बताए। ‘ओली सरकार सच्चिन सकेन भने सरकार त ढल्छ नै त्यसको असर संघीय व्यवस्थामा पनि पर्न सक्छ,’ उनले भने, ‘त्यसैले हामी सरकारको भण्डाफोर गर्न यो महामारीका बीच पनि सडकमा उत्रिएका हौं।’

उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि चेतावनी दिए। ‘हिम्मत छ भने दल खोल अनि राजनीति गर। तर, पर्दा पछाडि खेल नखेल,’ उनले भने, ‘भोलि यस्तो दिन नआओस् कि सामान्य नागरिक सरह जीवनयापन गर्ने अधिकार पनि गुमाउनु परोस्।’ 

विरोध सभामा कांग्रेस नेता तथा लेखा समितिका सभापति भरतकुमार शाहले सरकार भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाए। उनले ओली सरकारकै कारण संघीय लोकतन्त्र खतरामा पुगेको समेत बताए। 

प्रकाशित: Dec 14, 2020| 15:43 सोमबार, मंसिर २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।