पर्सा- वर्तमान सरकार भ्रष्टाचारमा डुबेको कांग्रेस नेताहरूले बताएका छन्।
सरकारविरुद्ध पर्सामा गरिएको प्रदर्शनमा कांग्रेस नेताहरूले भ्रष्ट सरकारका विरुद्ध जनता जागरुक हुनपर्ने बताएका हुन्।
कांग्रेस केन्द्रीय सदस्य रमेश रिजालले नेकपाका विश्वासिला भनिएका नेताहरू नै भ्रष्टाचारमा मुछिँदासमेत सरकारको चेत नखुलेकाले प्रदर्शन गर्नुपरेको बताए।
वीरगञ्जको घण्टाघर अगाडि भएको कोणसभामा अर्का केन्द्रीय सदस्य अजय चौरसियाले सरकारको हरेक गतिविधिमा निगरानी बढाउनुपर्ने बताए।
‘अबको आन्दोलन भनेको गाउँगाउँमा गएर जनता जागरण कार्यक्रम गर्ने हो,’ उनले भने।