मंगलबार, भदौ २३, २०८३

सर्वसत्तावादविरुद्ध व्यापक जनमत प्रकट : देउवा

देउवाले आजको प्रदर्शनबाट नेपाली कांग्रेसले पाएको ऊर्जालाई क्रमिक अभिवृद्धि गर्दै आगामी दिनमा अझ सशक्त ढंगले अघि बढ्ने उद्घोष गरेका छन्।
 |  सोमबार, मंसिर २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २९, २०७७

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आज देशव्यापी प्रदर्शनमा भएको व्यापक सहभागिताले कम्युनिस्ट सरकार र उसको सर्वसत्तावादी प्रवृत्तिविरुद्ध जनमत प्रकट गरेको ठहर गरेको छ।

कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति प्रकाशित गरी सर्वसत्तावादविरुद्ध व्यापक जनमत प्रकट भएको भन्दै यसबाट पार्टीलाई नवीन ऊर्जा भएको जनाएका हुन्। उनले प्रदर्शनमा सहभागी सबैलाई बधाई दिएका छन्।

देउवाले भनेका छन्, ‘एक्काइसौं शताब्दीको नेपाली जनता लोकतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्रको मुल मार्गबाट नै देशको भविष्य सुनिश्चित गर्न चाहन्छ भन्ने बलियो मत आज प्रकट भएको छ।’

उनले आजको प्रदर्शनबाट नेपाली कांग्रेसले पाएको ऊर्जालाई क्रमिक अभिवृद्धि गर्दै आगामी दिनमा अझ सशक्त ढंगले अघि बढ्ने उद्घोष गरेका छन्।

उनले भनेका छन्, ‘प्रदर्शनमा उत्साहपूर्वक सहभागी देशभरिका साथीहरूलाई म विशेष बधाई ज्ञापन गर्दछु। प्रदर्शनमा सहभागिता र शुभेच्छा राख्ने जनसमुदाय र प्र्रदर्शनको तयारीमा अहोरात्र खट्ने साथीहरूप्रति सम्मान प्रकट गर्दै समाचार प्रसारण मार्फत योगदान दिने देशभरिका सबै पत्रकार मित्रहरूमा धन्यवाद व्यक्त 
गर्दछु।’
यस्तै उनले सामाजिक सञ्जाल मार्फत योगदान दिने विशेषतः युवा पंक्तिलाई बधाई र सम्मान व्यक्त गरेका छन्।

प्रकाशित: Dec 14, 2020| 12:46 सोमबार, मंसिर २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।