मंगलबार, भदौ २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेस नेता साउद भन्छन्- नेकपाकाे सरकार पूर्णरूपमा असफल भयाे

कांग्रेस नेता साउद भन्छन्- नेकपाकाे सरकार पूर्णरूपमा असफल भयाे

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले नेकपाको वर्तमान सरकार पूर्णरूपमा असफल भएको बताएका छन्। 
 |  सोमबार, मंसिर २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २९, २०७७

धनगढी। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले नेकपाको वर्तमान सरकार पूर्णरूपमा असफल भएको बताएका छन्। 

अछामको साँफेबगरमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै पूर्वमन्त्रीसमेत रहेका साउदले सरकारले राष्ट्रियता र लोकतन्त्रको रक्षा गर्न नसक्ने भएकाले सरकार विघठन हुनुपर्ने बताए।

‘कांग्रेसले नेकपासँग मिलेर सरकार बनाउँछ कि भन्ने हल्ला मात्र हो,’ उनले भने, ‘सरकारले नैतिकता गुमाइसकेको छ। मुलुक गन्जागोलको स्थितिमा छ, त्यसैले मध्यावधि निर्वाचन मुलुकमा आवश्यक छ।’

भ्रष्टाचार, हिंसा, कुशासनका विरुद्ध अब कांग्रेस सशक्त भएर लाग्ने साउदले बताए।

प्रकाशित: Dec 14, 2020| 12:32 सोमबार, मंसिर २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।