मंगलबार, भदौ २३, २०८३

चेक बाउन्सको आरोपमा पोद्दार पक्राउ 

चेक अनादर (बाउन्स) गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनिल पोद्दारलाई पक्राउ गरेको छ। 
 |  सोमबार, मंसिर २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २९, २०७७

काठमाडौं– चेक अनादर (बाउन्स) गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनिल पोद्दारलाई पक्राउ गरेको छ। 

उनलाई सीआईबी टोलीले काठमाडौंको कलंकीबाट पक्राउ गरेको हो। पोद्दारले आफ्नो खातामा रकम नभए पनि बुद्धनगर बस्ने नानीबाबु खरेललाई एक करोड ६३ लाख रुपैयाँ बराबरको चेक काटेर दिएका थिए। 

उनले काटेको चेकमा रकम नभएपछि खरेलले पोद्दारविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेका थिए। 

जिल्ला अदालत काठमाडौंले २०७३ भदौ १५ गते पोद्दारलाई एक महिना कैद र तीन हजार रुपैयाँ जरिवाना तथा एक करोड ६३ लाख रुपैयाँ बिगो भराउने फैसला गरेको थियो। 

तर अदालतको फैसलालाई अटेर गरी पोद्दार लुकीछिपी बस्दै आएका थिए। उनलाई सोमबार नै जिल्ला अदालतमा पेस गरिएको प्रहरीले जनाएको छ। 
 

प्रकाशित: Dec 14, 2020| 12:13 सोमबार, मंसिर २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।