मंगलबार, भदौ २३, २०८३

प्रदेश २ का ८ वटै जिल्लामा कांग्रेसको प्रदर्शन

नेपाली कांग्रेसले सरकारविरुद्ध देशैभर प्रदर्शन गरेको छ। सोही अनुरुप प्रदेश २ का आठवटै जिल्लामा प्रदर्शन भएको छ।
 |  सोमबार, मंसिर २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २९, २०७७

जनकपुरधाम- नेपाली कांग्रेसले सरकारविरुद्ध देशैभर प्रदर्शन गरेको छ। सोही अनुरुप प्रदेश २ का आठवटै जिल्लामा प्रदर्शन भएको छ।

प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहको नेतृत्वमा कांग्रेसका कार्यकर्ताहरुले प्रदर्शन गरेका छन्। 

महोत्तरीमा नेपाली कांग्रेस महोत्तरीका सभापति महेन्द्र कुमार रायको नेतृत्वमा प्रदर्शन गरिएको थियो। 

सर्लाहीमा जिल्ला सभापति नागेन्द्रप्रसाद रायले जिल्लामा भएको प्रदर्शनको कमान्ड सम्हालेका थिए। त्यस्तै सप्तरीमा जिल्ला सभापति दिनेश यादव, सिरहामा केन्द्रीय सदस्य शंकर भण्डारी तथा पर्सामा केन्द्रीय सदस्य अजय चौरसियाको नेतृत्वमा कांग्रेसको विरोध प्रदर्शन भएको थियो। 

वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि गृह जिल्ला तनहुँमा भएको दुर्व्यवहार, कोरोना नियन्त्रणमा सरकारको असफलता, भ्रष्टाचार, संवैधानिक अंगलाई कमजोर बनाउने लगायत मुद्दालाई आधार बनाएर देशैभर विरोध प्रदर्शन गरेको हो। 

विरोध सभालाई सम्बोधन गर्दै कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले वर्तमान सरकारले राज्यको ढुकुटी कार्यकर्ता तथा समर्थकलाई बाँडेको आरोप लगाए। 
 

प्रकाशित: Dec 14, 2020| 11:24 सोमबार, मंसिर २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।