मंगलबार, भदौ २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आन्दोलित स्वास्थ्यकर्मीका माग पूरा भएनन्, अल्टिमेटम अवधि एक साता थपियो

आन्दोलित स्वास्थ्यकर्मीका माग पूरा भएनन्, अल्टिमेटम अवधि एक साता थपियो

नेपाल संयुक्त स्वास्थ्य संघर्ष समितिले आफ्ना १८ बुँदे माग पूरा गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई थप एक साताको समय दिएको छ। 
 |  सोमबार, मंसिर २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २९, २०७७

काठमाडौं– नेपाल संयुक्त स्वास्थ्य संघर्ष समितिले आफ्ना १८ बुँदे माग पूरा गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई थप एक साताको समय दिएको छ। 

यसअघि समितिले दिएको २१ दिनको अल्टिमेटममा मन्त्रालयले स्वास्थ्यकर्मीका माग पूरा गर्न नसकेपछि समितिले एक हप्ताको समय थप गरेको जनाएको छ। समितिले एक विज्ञप्ति जारी गर्दै थपिएको समयमा पनि माग पूरा नभए चरणबद्ध आन्दोलन गर्ने जनाएको छ । 

संघर्ष समितिले कोभिड लगाएत जटिल समस्याको उपचार निःशुल्क गर्नुपर्ने, देशैभरका अस्पतालमा आइसियू, भेन्टिलेटरको वृद्धि गरी सेवा विस्तार गर्नुपर्ने, स्वास्थ्यकर्मीलाई दिने भनिएका सबै प्रकारका भत्ता तथा सुविधाहरु सहज तरिकाले उपलब्ध गराउनुपर्ने, कोरोना संक्रमित चिकित्सक, स्वास्थ्यकर्मीका लागि छुट्टै आइसोलेसन तथा बिदाको व्यवस्था हुनुपर्ने लगायत माग राखेको छ।

माग पूरा गर्न यसअघि दिइएको २१ दिनको अवधि आज सोमबार सकिएको छ।  संयुक्त स्वास्थ्य संघर्ष समितिमा स्वास्थ्यसँग सम्वन्धित विभिन्न १९ वटा ट्रेड युनियन तथा संगठनहरु आवद्ध छन् । 
 

प्रकाशित: Dec 14, 2020| 09:29 सोमबार, मंसिर २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।