मंगलबार, भदौ २३, २०८३

कोसीमा हात्तीको आक्रमणबाट युवकको मृत्यु

 सुनसरीको कोसी गाउँपालिका–७ मा जङ्गली हात्तीको आक्रमणबाट आज बिहान एक जनाको मृत्यु भएको छ। 
 |  सोमबार, मंसिर २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २९, २०७७

सुनसरी- सुनसरीको कोसी गाउँपालिका–७ मा जङ्गली हात्तीको आक्रमणबाट आज बिहान एक जनाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा वडा नं ६ श्रीपुरजब्दीका २८ वर्षीय प्रमोद यादव छन्। 

कोसी टप्पु वन्यजन्तु आरक्षबाट निस्केर आएको मकुना हात्तीको आक्रमणबाट यादवको मृत्यु भएको हो। 

आरक्षबाट आएको हात्तीले आज बिहान फर्किने क्रममा आफ्नै खेतमा काम गरिरहेका यादवलाई आक्रमण गरेको थियो। हात्तीको आक्रमणबाट यादवको घटनास्थलमै मृत्यु भएको स्थानीयवासी धर्मेन्द्र मेहताले बताए। 

आरक्ष कार्यालयका कर्मचारी, नेपाली सेना र नेपाल प्रहरीको टोलीेले घटनास्थलमा गई अनुसन्धान सुरु गरेको छ। 

स्थानीयवासीले पटकपटक आरक्षबाट आउने जङ्गली जनावरको आतङ्कबाट आफूहरु प्रताडित भएको भन्दै नियन्त्रणका लागि माग गरेका छन्। 

दैनिक रुपमा आरक्षबाट आउने हात्ती, अर्ना, बँदेललगायत जनावरले बालीनाली नष्ट गर्नाका साथै स्थानीय समुदायको घरसमेत तोडफोड गर्ने गरेको र मानवीय क्षतिसमेत गर्दै आएको बताइएको छ । –रासस

प्रकाशित: Dec 14, 2020| 06:40 सोमबार, मंसिर २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।