मंगलबार, भदौ २३, २०८३

मध्यरातमा कपडा गोदाममा आगलागी हुँदा एक करोड क्षति

सर्लाहीको हरिवन नगरपालिकामा गए राति कपडा गोदाममा आगलागी हुँदा रु एक करोड बराबरको क्षति भएको छ ।
 |  सोमबार, मंसिर २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २९, २०७७

सर्लाही– सर्लाहीको हरिवन नगरपालिकामा गए राति कपडा गोदाममा आगलागी हुँदा रु एक करोड बराबरको क्षति भएको छ ।

वडा नं ११ स्थित बजारमा रहेको कैलाश साह र सञ्जय साहको कपडा गोदाम, कमल कार्कीको घरमा र महेश साहले सञ्चालन गरेको कपडा पसलमा आगलागी हुँदा रु एक करोडभन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए । 

आइतबार राति १२ः४० बजे कपडा गोदाम र पसलमा आगलागी भएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी र बारुण यन्त्रको सहयोगमा राति २ः२० बजे आगो नियन्त्रणमा आएको थियो। 

घरका सामान आंशिक रुपमा र कपडा पसल पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागी कसरी भयो भन्ने यकिन हुन सकेको छैन । –रासस

प्रकाशित: Dec 14, 2020| 06:35 सोमबार, मंसिर २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।