मंगलबार, भदौ २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चन्द्रागिरीको मसिने भीरबाट मिनिट्रक खस्यो, २ को मृत्यु 

चन्द्रागिरीको मसिने भीरबाट मिनिट्रक खस्यो, २ को मृत्यु 

चन्द्रागिरीको मसिने भीरबाट मिनिट्रक खस्दा चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। 
 |  सोमबार, मंसिर २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २९, २०७७

काठमाडौँ- चन्द्रागिरीको मसिने भीरबाट मिनिट्रक खस्दा चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। 

प्रहरीका अनुसार दुर्घटनामा तामाङ मरिण कन्ट्रक्सनका लेखापाल अन्दाजी २३/२४ वर्षका सिन्धुली घर भएका मनीष कार्की र ट्रक चालकको मृत्यु भएको हाे। 

चालकको पहिचान हुन नसकेको थानकोट प्रहरी वृत प्रमुख डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिए। उनले ट्रकमा कति जना सवार थिए भन्ने खुल्न नसकेको र घाइतेको उद्धार भइरहेको घटनास्थलबाट नेपाल समयलाई जानकारी दिए।

उनका अनुसार सडकबाट ट्रक र मृतकहरुको शव देखिएको र त्यसलाई निकाल्ने प्रयास भइहेको छ। दुर्घटनाको कारण खुल्न सकेको छैन। 

निर्माण सामग्री बोक्ने गरेको ना २ क ३२३ नम्बरको मिनिट्रक सडकबाट ८०० मिटर तल खसेको छ। 

प्रकाशित: Dec 14, 2020| 06:24 सोमबार, मंसिर २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।