मंगलबार, भदौ २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुसनको परिवारलाई प्रधानमन्त्रीले भने–  हल्लाको पछि नलाग्नुस्

सुसनको परिवारलाई प्रधानमन्त्रीले भने–  हल्लाको पछि नलाग्नुस्

नेकपाका दिवंगत नेता कमानसिंह लामा र याम्बलिङ हाइड्रोपावरबीचको विवादमा मुछिएकी सुसन कर्मचार्यको परिवारलाई प्रधानमन्त्री केपी शर्मा ओलीले ढाडस दिएका छन्।
 |  सोमबार, मंसिर २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २९, २०७७

काठमाडौं– नेकपाका दिवंगत नेता कमानसिंह लामा र याम्बलिङ हाइड्रोपावरबीचको विवादमा मुछिएकी सुसन कर्मचार्यको परिवारलाई प्रधानमन्त्री केपी शर्मा ओलीले ढाडस दिएका छन्।

आइतबार अपराह्न भएको भेटमा प्रधानमन्त्री ओलीले कर्मचार्यको परिवारलाई हल्लाको पछि नलाग्न आग्रह गरेका हुन्। 

सुसन अध्यक्ष रहेको याम्बालिङ हाइड्रोपावर र कमानसिंह लामाबीचको विवादमा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठलाई अनावश्यक रुपमा मुछेर सुसन र सम्पूर्ण परिवारको चरित्र हत्या गरेको भन्दै सुसनका पति लक्ष्मणकृष्ण राजभण्डारीलगायतले प्रधानमन्त्री ओलीलाई भेटेको थिए।

कर्मचार्य परिवारलाई प्रधानमन्त्रीले करिब डेढ घण्टा समय दिएका थिए।  

भेटमा प्रधानमन्त्री ओलीले हल्लाका पछि नलाग्न र आफ्नो कतव्य नभुल्न सम्झाएको राजभण्डारीले जानकारी गराएका छन्। 

प्रधानमन्त्री ओलीले प्रमाणविना, सत्यतथ्य नबुझी भ्रम पैदा गर्ने, अरुको चरित्रहत्या गर्न खोज्ने कार्य नगर्न र त्यस्तो भ्रममा नपर्न अनुरोधसमेत गरेका छन्।

सुसन नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठको प्रमुख सहयोगी हुन्। 

कमानसिंहको निधन भएपछि हाइड्रोपावर र लेनदेनका विषयमा उनी विवादमा मुछिएकी थिइन्। 

लामा र सुसनबीचको विवाद मिलाउन भूमिका खेलेका नारायणकाजी श्रेष्ठ पनि यो विवादमा मुछिएका छन्।
 

प्रकाशित: Dec 14, 2020| 06:12 सोमबार, मंसिर २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।