मंगलबार, भदौ २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • माछाका विषयमा सप्तरीमा बञ्चरो हानाहान : एक महिलाको मृत्यु, ४ घाइते

माछाका विषयमा सप्तरीमा बञ्चरो हानाहान : एक महिलाको मृत्यु, ४ घाइते

सप्तरीमा माछा मार्ने क्रममा झडप हुँदा एक महिलाको मृत्यु भएको छ । बोदे बर्साइन नगरपालिका–३ की ४५ वर्षीया गंगियादेवी मण्डलको मृत्यु भएको हो ।  
 |  सोमबार, मंसिर २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २९, २०७७

राजविराज- सप्तरीमा माछा मार्ने क्रममा झडप हुँदा एक महिलाको मृत्यु भएको छ। झडपमा बोदे बर्साइन नगरपालिका–३ की ४५ वर्षीया गंगियादेवी मण्डलको मृत्यु भएको हो।  

सार्वजनिक पोखरीमा माछा मार्ने विषयमा स्थानीय बासिन्दाबीच आइतबार दिउँसो  विवाद भएको थियो। विवाद बढ्दै जाँदा राति १० बजे झडप भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। 

झडपका क्रममा बन्चरो हानाहान भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी भुवनेश्वर साहले जानकारी दिए। उनका अनुसार झडपमा परेर थप चार जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । 

घटनामा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। उनीहरुमाथि अनुसन्धान भइरहेको डीएसपी साहले जानकारी दिए।

 

प्रकाशित: Dec 14, 2020| 05:09 सोमबार, मंसिर २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।