बिहीबार, फागुन २८, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • कोरोनाबाट अफ्रिकी देश एजवाटिनीका प्रधानमन्त्रीको मृत्यु 

कोरोनाबाट अफ्रिकी देश एजवाटिनीका प्रधानमन्त्रीको मृत्यु 

कोरोना भाइरसको संक्रमणबाट अफ्रिकी देश एजवाटिनीका प्रधानमन्त्री एमब्रोसी ड्लामिनीको  निधन भएको छ।
 |  सोमबार, मंसिर २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २९, २०७७

काठमाडौं- कोरोना भाइरसको संक्रमणबाट अफ्रिकी देश एजवाटिनीका प्रधानमन्त्री एमब्रोसी ड्लामिनीको  निधन भएको छ।

National life

५२ वर्षीय प्रधानमन्त्री ड्लामिनीको आइतबार दक्षिण अफ्रिकाको एक अस्पतालमा निधन भएको हो।  उनी चार हप्ता पहिले कोरोना भाइरसबाट संक्रमित भएका थिए । 

संक्रमित भएदेखि नै स्वास्थ्य अवस्था जटिल भएपछि उनलाई दक्षिण अफ्रिकामा उपचारका लागि लगिएको थियो। उनको त्यहिँ निधन भएको अलजजिराले लेखेको छ । 

उनी सन् २०१८ को नोभेम्बरमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए। 

झण्डै १२ लाख जनसंख्या रहेको अफ्रिकाको दक्षिण एजवाटिनीमा अहिलेसम्म ६ हजार ७६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १२७ जनाको मृत्यु भएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 14, 2020| 04:30 सोमबार, मंसिर २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।