मंगलबार, भदौ २३, २०८३

विप्लव समूहमाथि सेनाले थाल्यो निगरानी 

हिंसात्मक गतिविधिमा सक्रिय भएको नेत्रविक्रम चन्द विप्लव समूहमाथि नेपाली सेनाले निगरानी बढाउने भएको भएको छ । 
 |  सोमबार, मंसिर २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २९, २०७७

काठमाडौं- हिंसात्मक गतिविधिमा सक्रिय भएको नेत्रविक्रम चन्द विप्लव समूहमाथि नेपाली सेनाले निगरानी बढाउने भएको भएको छ । 

संविधान विपरित राजनीतिक दलको आडमा हुने हिंसात्मक गतिविधि नियन्त्रणका लागि सेनाले विप्लव समूहमाथि निगरानी बढाउने भएको हो । 

प्रधानसेनापति पूर्णचन्द्र थापाले  सबै गुल्मका सेनालाई अलर्ट हुन र विप्लव समूहको गतिविधिलाई सुक्ष्म ढंगले निगरानी गर्न निर्देशन दिएका छन् । 

देशका विभिन्न गुल्महरूको भ्रमणका क्रममा प्रधानसेनापति थापाले गैरसंवैधानिक प्रक्रियामा रहेका हिंसात्मक प्रकृतिका समूहको सम्भावित गतिविधिसँग जानकार रहन निर्देशन दिएको  सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

यस्तै प्रधानसेनापति थापाले हिउँदमा कोरोना संक्रमण थप बढ्न सक्ने भएकोले सुरक्षा मापदण्ड पालना गर्न समेत आग्रह गरेका छन् । 

थापाले महामारीको समयमा प्रदेश तथा स्थानीय सरकारलाई आवश्यक सहयोग पु¥याउन सैनिक कमाण्डरहरूलाई निर्देशन दिएका छन् । 

प्रकाशित: Dec 14, 2020| 04:08 सोमबार, मंसिर २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।