मंगलबार, भदौ २३, २०८३

झनै बढ्यो चिसो, काठमाडौंकाे तापक्रम ४ डिग्री

आज काठमाडौं उपत्यकामा यो वर्षकै सबैभन्दा कम तापक्रम मापन भएको छ ।
 |  सोमबार, मंसिर २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २९, २०७७

काठमाडौं- मौसम सफा भएसँगै शीत पर्ने क्रम बढेसँगै देशभरको चिसो बढेको छ । 

तराईका जिल्लाहरुमा हुस्सु लाग्नुका साथै पहाडी भूभागमा कठ्याग्रिने चिसो बढेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशभरका अधिकांश स्थानको न्यूनतम तापक्रम घटेको महाशाखा वरिष्ठ मौसमविद् निराजन सापकोटाले जानकारी दिए । 

उनका अनुसार आज काठमाडौं उपत्यकामा यो वर्षकै सबैभन्दा कम तापक्रम मापन भएको छ । बिहान साढे ६ बजे गरिएको मापनअनुसार काठमाडौंको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियसमा झरेको छ । 

वरिष्ठ मौसमविद् सापकोटाले नेपाल समयसँग भने- 'डिसेम्बर महिनाको अन्त्यसम्ममा निरन्तर चिसो बढ्ने भएकाले काठमाडौं उपत्यकासहित देशैभरको तापक्रम थप घट्ने छ ।' 

काठमाडौं उपत्यकाको हिजो (आइतबार)को तापक्रम ४.५ डिग्री थियो भने जुम्लाको तापक्रम माइनस ३.१ डिग्री, जिरीको तापक्रम माइनस ०.६ डिग्री मापन गरिएको थियो । 

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको पहाडी भू–भागमा आंशिक बदली हुने भएको छ ।

प्रदेश नं १ लगायत देशको पहाडि भू–भागहरुमा हल्का वर्षा हुनुका साथै उच्च पहाडी भूभागमा हिमपातको सम्भावना रहेको मौसमविद् सापकोटाले जानकारी दिए । 

हाल तराईका अधिकांश  भु–भागहरुमा  हुस्सु लागेको छ ।  वायुको  पारदर्शितामा  कमीका कारण सडक तथा हवाई यातायातमा समेत केहि अवरोध आउन सक्ने महाशाखाले जनाएको छ । 
 

प्रकाशित: Dec 14, 2020| 02:30 सोमबार, मंसिर २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।