मंगलबार, भदौ २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सरकारविरुद्ध आज प्रमुख प्रतिपक्षीको देशव्यापी प्रदर्शन

सरकारविरुद्ध आज प्रमुख प्रतिपक्षीको देशव्यापी प्रदर्शन

७७ जिल्लामै सरकारविरुद्ध सडकमा शक्ति प्रदर्शन गर्ने कांग्रेसको तयारी छ।
 |  सोमबार, मंसिर २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २९, २०७७

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज सोमबार देशभर विरोध प्रदर्शन गर्दैछ। भ्रष्टाचार, अनियमितता तथा  सरकारको निरंकुश कार्यशैलीको विरोधस्वरुप कांग्रेसले प्रदर्शन गर्न लागेको हो।

७७ जिल्लामै सरकारविरुद्ध सडकमा शक्ति प्रदर्शन गर्ने कांग्रेसको तयारी छ।

कोरोना महामारीलाई मध्यनजर गर्दै प्रदर्शनमा सहभगिताका लागि मास्क अनिवार्य गरिएको छ। प्रदर्शन प्रभावकारी बनाउन कांग्रेसले पार्टी पदाधिकारीसहित वरिष्ठ नेता र केन्द्रीय सदस्यहरुलाई जिल्लाजिल्लामा खटाएको छ।

कांग्रेस सभापति शेरबहादुर देउवाले कोरोना महामारीको ख्याल गर्दै प्रदर्शनमा सहभागी हुँदा मास्क अनिवार्य लगाउन र भौतिक दूरी कायम गर्न अपिल गरेका छन्। अपिलमा उनले प्रदर्शन भव्य, व्यवस्थित र शान्तिपूर्ण बनाउन समेत आग्रह गरेका छन्।

प्रतिपक्षका रूपमा कांग्रेसले निरन्तर सालिन, संवादमैत्री र जिम्मेवार भूमिका निभाउँदै आए पनि सरकारले भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफूलाई केन्द्रित गर्दै लगेकाले विरोध प्रदर्शन लिएर सडकमा उत्रनुपरेको उनले उल्लेख गरेका छन्।

‘प्रतिपक्षका रूपमा नेपाली कांग्रेसले निरन्तर सालिन, संवादमैत्री र जिम्मेवार भूमिका निभाउँदै आयो तर सरकारले एकातर्फ त्यसलाई कमजोरीका रूपमा बुझ्ने धृष्टता गर्‍यो भने अर्कातर्फ भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा केन्द्रित गर्दै लग्यो,’ उनले अपिलमा भनेका छन्।
 

प्रकाशित: Dec 14, 2020| 01:13 सोमबार, मंसिर २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।