मंगलबार, भदौ २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • यसरी भयाे ग्वार्कोस्थित पेट्रोल पम्पमा आगलागी (भिडियोसहित)

यसरी भयाे ग्वार्कोस्थित पेट्रोल पम्पमा आगलागी (भिडियोसहित)

ललितपुरको ग्वार्कोस्थित उज्वल आयल स्टोरमा आगलागी भएको छ।
 |  आइतबार, मंसिर २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २८, २०७७

ललितपुर- ललितपुरको ग्वार्कोस्थित उज्वल आयल स्टोरमा आगलागी भएको छ। घटनामा एक जना घाइते भएका छन्।

आगलागीबाट नेपाल आयल निगमको एउटा ट्यांकर तथा झण्डै १५ वटा मोटरसाइकल जलेर नष्ट भएका छन्। 

ट्यांकरले पम्पको ट्यांकीमा पेट्रोल अनलोड गरिरहेका बेला आगलागी भएको हो।

आगलागीको कारण खुलेको छैन। आगलागीबाट ट्यांकर पूर्णरुपमा जलेर नष्ट भए पनि पेट्रोल लोड भएको ट्यांकी भने सुरक्षित रहेको छ।

आसपासमा पेट्रोल भर्न लाइन लागेका मोटरसाइकलहरु जलेर नष्ट भएका हुन्।

आगलागी भएको केहीबेरमै ललितपुरका गएका ४–५ वटा दमकलले आगो नियन्त्रणमा लिएका छन्।

आगालागीको कारणबारे अध्ययन भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Dec 13, 2020| 14:10 आइतबार, मंसिर २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।