मंगलबार, भदौ २३, २०८३

शिक्षकको हत्यापछि मिक्लाजुङमा संयुक्त सुरक्षा बेस

मोरङको मिक्लाजुङमा नेपाल र सशस्त्र प्रहरीको संयुक्त सुरक्षा बेस राखिएको छ।
 |  आइतबार, मंसिर २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २८, २०७७

विराटनगर– मोरङको मिक्लाजुङमा नेपाल र सशस्त्र प्रहरीको संयुक्त सुरक्षा बेस राखिएको छ।

प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको गतिविधि बढेपछि गृह प्रशासनले संयुक्त सुरक्षा बेस राखेको हो। 

मिक्लाजुङ सुगम जिल्ला मोरङको दुर्गम र विकट ठाउँ भनेर चिनिन्छ। 

एकै स्थानबाट कामकारबाही सञ्चालन गर्न र जिल्लाको पूर्वी–उत्तरी भेगको सुरक्षा व्यवस्था मिलाउने गरी पहिलोपटक अस्थायीरूपमा आइतबार संयुक्त बेस स्थापना गरिएको हो।

प्रहरी निरीक्षक सुमन बुढाथोकीको नेतृत्वमा ३६ सशस्त्र र प्रहरी निरीक्षक मिलन थापाको नेतृत्वमा १५ नेपाल प्रहरी गरेर ५१ जनाको टोली बेसमा खटाइएको छ।

उच्च सुरक्षा स्रोतका अनुसार आपतकालीन अवस्थामा परिचालन गर्न मिल्ने गरी थप ‘रिजर्ब फोर्स’ पनि तयारी अवस्थामा छ। 

मिक्लाजुङ–१, बर्खेस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठको विभत्स हत्यापछि सरकारले विप्लव समूहविरुद्ध आक्रामक कारबाही सुरु गरेको छ। 

घटनामा संलग्नको खोजीमा मोरङबाट जिल्ला प्रहरी प्रमुख एसपी सन्तोष खड्का र सशस्त्र प्रहरी मोरङ प्रमुख एसपी तीर्थ पौडेल नेतृत्वको संयुक्त टोली खटिएको थियो।

टोलीले मिक्लाजुङको बर्खे, जौबारी, कोलबोटे, कुवापानी, रमितेलगायत घटनास्थल एवं आसपासका क्षेत्र र छिमेकी जिल्ला लक्षित विशेष कारबाही चलाइरहेको छ। 

दर्जनाैं स्थानमा सुरक्षा कारबाही र विशेष सर्च अभियान जारी राखिएको भए पनि अहिलेसम्म हत्यामा संलग्नको पहिचान भइसकेको छैन।

बेसमा खटिएका सुरक्षाकर्मीले गरिबी निवारण कोष र मिक्लाजुङ गाउँपालिकाको संयुक्त लगानीमा बनेको भवन प्रयोग गर्न पाउने व्यवस्था मिलाइएको छ।

भवनमा हलसहित दुईवटा मात्रै कोठा भएका कारण सुरक्षाकर्मीलाई बस्न र कारबाही सञ्चालन गर्न मुस्किल पर्ने अवस्था रहेको वडाध्यक्ष नरबहादुर राईले बताए। 

गाउँपालिका प्रमुख देवीप्रसाद आचार्यले सुरक्षाको आवश्यक प्रबन्ध मिलाउन नसक्दा निरिह र निहत्था शिक्षकको हत्या हुन पुगेको बताए।

‘शिक्षकको विभत्स हत्या गरेपछि मात्रै अस्थायी सुरक्षा बेस स्थापना गरियो,’ उनले भने, ‘स्थायी युनिटका रूपमा स्थापित गर्न पहल भइरहेको छ।’ 

यसअघि नै जिल्ला सुरक्षा समितिको बैठकले मिक्लाजुङमा स्थायी सुरक्षाको व्यवस्थापन गर्न आवश्यक रहेको निस्कर्ष निकाल्दै गृह मन्त्रालयमा सिफारिस गरिसकेको छ। 

मिक्लाजुङमा तत्काल खड्किएको सुरक्षाको आवश्यकता परिपूर्ति गर्न नेपाल र सशस्त्र प्रहरीको संयुक्त टोली खटाइएको मोरङका प्रमुख जिल्ला अधिकारी कोसहरि निरौलाले बताए। 

प्रदेश १ का प्रहरी प्रमुख डीआईजी ईश्वरबाबु कार्कीले शिक्षकको हत्यापछि उत्पन्न परिस्थितिको विश्लेषण गर्दै जनताको मागअनुसार उचित सुरक्षा व्यवस्था मिलाइएको बताए। 

कार्कीले विराटनगरबाट टाढा, तत्काल कुनै घटना हुँदा प्रहरी पुग्न समस्या, प्रहरी सेवाबाट स्थानीय वञ्चित रहेको अवस्था, घटनाबाट सिर्जित परिस्थिति र जनताको मागको अनुभूतिलाई ख्याल गर्दै साेही हिसाबको सुरक्षा प्रदान गर्न थालिएको बताए।

सम्बन्धित समाचार

हत्या गरिएका प्रधानाध्यापकलाई न्याय नमिले आन्दोलन गर्ने शिक्षकहरुको चेतावनी

प्रधानाध्यापक श्रेष्ठको हत्यामा सरकार जिम्मेवार : द्वन्द्वपीडित

प्रधानाध्यापक श्रेष्ठको हत्यारामाथि कारबाही गर्न शिक्षक संघको माग

प्रधानाध्यापक श्रेष्ठ हत्या प्रकरण : घटनाकाे जिम्मा लिँदै विप्लव समूहले भन्यो- प्रतिकारका क्रममा मृत्यु भएको हो

प्रधानाध्यापककाे हत्यापछि त्रसित छन् बर्खेवासी, भन्छन्- असुरक्षित भयाैं

हात बाँधेर धारिलो हतियारले घाँटी रेटिएको अवस्थामा भेटियो शिक्षकको शव

प्रकाशित: Dec 13, 2020| 13:05 आइतबार, मंसिर २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।