मंगलबार, भदौ २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ललिता निवास जग्गा प्रकरण : अख्तियारका पूर्व प्रमुख बस्न्यातलाई थुनामा राख्न आदेश

ललिता निवास जग्गा प्रकरण : अख्तियारका पूर्व प्रमुख बस्न्यातलाई थुनामा राख्न आदेश

बालुवाटारस्थित ललिता निवास क्याम्पभित्रको सरकारी, सार्वजनिक जग्गा हिनामिना प्रकरणमा अभियुक्त बनाइएका पूर्व अख्तियार प्रमुख दीपकुमार बस्न्यातलाई विशेष अदालतले थुनामा राख्ने आदेश गरेको छ।  
 |  आइतबार, मंसिर २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २८, २०७७

काठमाडौं- बालुवाटारस्थित ललिता निवास क्याम्पभित्रको सरकारी, सार्वजनिक जग्गा हिनामिना प्रकरणमा अभियुक्त बनाइएका पूर्व अख्तियार प्रमुख दीपकुमार बस्न्यातलाई विशेष अदालतले थुनामा राख्ने आदेश गरेको छ।  

बयानका लागि आइतबार विशेष अदालतमा उपस्थित बनाएका बस्न्यातसँगको बयान र त्यसपछिको थुनछेक आदेशपछि अदालतले उनलाई थुनामा पठाउने आदेश दिएको हो।

विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की, न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इलजासले बस्न्यातलाई थुनामा पठाउने आदेश दिएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले जानकारी दिए।

उनलाई अदालतको आदेशपछि डिल्लीबजार कारागार लगिएको छ। 

बस्न्यातलाई तत्कालीन समयमा भौतिक मन्त्रालयका सचिवको हैसियतले अख्तियारले अभियुक्त बनाएको थियो। बस्न्यातविरुद्ध अख्तियारले जनही ९ करोड ६५ लाख ७६ हजार बराबरको बिगो मागदाबी गरेर भ्रष्टाचार मुद्दा दायर गरेको थियो। 

गत वर्ष २२ माघमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवास क्याम्पभित्रको सरकारी, सार्वजनिक जग्गा हिनामिना प्रकरणमा १७५ जनाउपर विशेष अदालतमा आरोपपत्र दायर गर्‍यो।

केही दिनअघि अभियोग लागेका तत्कालीन मन्त्री चन्द्रदेव जोशी अदालतमा हाजिर भएका थिए। उनलाई भने अदालतले साधारण तारेखमा छोडेको थियो।

मुद्दा चलाइएका पूर्व विशिष्ट व्यक्तिहरुमध्ये अहिलेसम्म तत्कालीन भौतिक पूर्वाधार मन्त्री विजयकुमार गच्छदार मात्रै अदालतमा उपस्थित भएका छैनन्। 

प्रकाशित: Dec 13, 2020| 12:52 आइतबार, मंसिर २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।