मंगलबार, भदौ २३, २०८३

३८ तोला सुनका गहना चोरी गर्ने ५ जना पक्राउ

काभ्रेबाट ३८ तोला सुनका विभिन्न गरगहना चोरी गरेर फरार रहेका पाँचजनालाई प्रहरीले काठमाडौंमा पक्राउ गरेको छ।
 |  आइतबार, मंसिर २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २८, २०७७

काठमाडौं- काभ्रेबाट ३८ तोला सुनका विभिन्न गरगहना चोरी गरेर फरार रहेका पाँचजनालाई प्रहरीले काठमाडौंमा पक्राउ गरेको छ।

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–२ की माइली तामाङको घरबाट गहना चोरेर फरार भएका उनीहरुलाई काठमाडौंमा पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

पाँचै जनालाई प्रहरीले काठमाडौंस्थित ड्रागन डिस्कोमा फेला पारेको हो।

पक्राउ पर्नेमा ओखलढुंगाको सिद्धिचरण नगरपालिका–५ का २७ वर्षका देवराज दाहाल, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ का २४ वर्षका रामचन्द्र चालिसे, काभ्रेको धुलिखेल नगरपालिका–१ का २३ वर्षका राम तामाङ, १८ वर्षका हुइबहादुर तामाङ र १८ वर्षका राजन तामाङ रहेका छन्। गहना र पैसा हराएपछि माइली तामाङले प्रहरीमा जानकारी गराएकी थिइन्। 

जिल्ला प्रहरी कार्यालय काभ्रेले हुलियासहित खोजतलासमा सहयोगका लागि काठमाडौं प्रहरीलाई जानकारी गराएको थियो। त्यसपछि खोजीमा जुटेको प्रहरीले हुलियाका आधारमा उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ परेका पाँचैजनालाई थप अनुसन्धानका लागि काभ्रे पठाइएको छ। प्रहरीले उक्त घटनाको मुख्य योजनाकार राजन तामाङ रहेको बताएको छ।

प्रकाशित: Dec 13, 2020| 12:40 आइतबार, मंसिर २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।