मंगलबार, भदौ २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कञ्चनपुरको महाकालीमा सशस्त्र प्रहरीको बिओपी स्थापना

कञ्चनपुरको महाकालीमा सशस्त्र प्रहरीको बिओपी स्थापना

कञ्चनपुरको माहाकाली नगरपालिका १० स्थित कुतिवाकभरमा सशस्त्र प्रहरी बल, नेपालको बोर्डर आउट पोष्ट स्थापना भएको छ।
 |  आइतबार, मंसिर २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २८, २०७७

काठमाडौं- कञ्चनपुरको माहाकाली नगरपालिका १० स्थित कुतिवाकभरमा सशस्त्र प्रहरी बल, नेपालको बोर्डर आउट पोष्ट स्थापना भएको छ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबावु थापाले आज बिओपीको उद्घाटन गरेका हुन्। 

बिओपी स्थापना कार्यक्रममा बोल्दै एआईजी थापाले अहिलेको परिस्थितिमा जनताको सेवा, सुरक्षाको ठूलो जिम्मेवारी आएको हुँदा व्यक्तिगत समस्यालाई ध्यानमा राखी अझै बढी अनुसाशित एवम् कर्तव्यनिष्ठ भई कार्यक्षेत्रमा परिचालन हुन निर्देशन दिए।

उनले सीमा क्षेत्रमा हुने अपराधिक क्रियाकलाप नियन्त्रण गर्न सशस्त्र प्रहरीको ठूलो भूमिका रहेको चर्चा गर्दै नेपाल सरकारको नीति अनुरुप सीमालाई अझ बजबुद बनाउन तथा सीमा अपराध नियन्त्रण र रोकथाम गर्न सशस्त्र प्रहरी बल, नेपालको बोर्डर आउट पोष्टहरु थप गर्दै लगिने बताए।

कञ्चनपुर जिल्लाको सदरमुकामदेखि करिब २० किलोमिटरको दूरीमा नेपाल–भारत सीमा नाकाभन्दा करिब २ किलोमिटर वर स्थापना गरिएको उक्त बिओपीले आजैबाट दैनिक कार्य सुचारु गरेको छ। 

कुतियाकभरवासीले लामो समयदेखि सुरक्षा निकायको उपस्थित हुनुपर्ने माग राख्दै आइरहेका थिए। 

प्रकाशित: Dec 13, 2020| 11:53 आइतबार, मंसिर २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।