बिहीबार, फागुन २८, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • चीन र पाकिस्तानसँग युद्ध लड्न हतियार भण्डारण क्षमता बढाउँदै भारतीय सेना

चीन र पाकिस्तानसँग युद्ध लड्न हतियार भण्डारण क्षमता बढाउँदै भारतीय सेना

भारत र चीनबीच गत मे मा पूर्वी लद्दाख क्षेत्रमा वास्तविक नियन्त्रण रेखा (एलओसी) मा सुरु भएको तनाव अहिलेसम्म जारी छ। 
 |  आइतबार, मंसिर २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २८, २०७७

भारत र चीनबीच गत मे मा पूर्वी लद्दाख क्षेत्रमा वास्तविक नियन्त्रण रेखा (एलओसी) मा सुरु भएको तनाव अहिलेसम्म जारी छ। 

National life

यही बीचमा भारतले सुरक्षा बलका लागि १५ दिनको युद्धका लागि पुग्ने हतियार र गोलाबारुद भण्डारण गर्ने भएको छ। 

सुरक्षा बलहरुले लद्दाखमा जारी तनावलाई ध्यानमा रखेर भण्डारण आवश्यकता र आपातकालीन वित्तीय शक्तिलाई उपयोग गरेका हुन्। यस क्रममा स्थानीय र विदेशी स्रोतबाट उपकरण र गोलाबारुद खरिदका लागि ५० हजार कोरोड रुपैयाँभन्दा बढी खर्च गर्न सक्ने बताइएको छ। 

यसअघि सुरक्षा बलले १० दिनका लागि हतियार भण्डारण गर्न सक्थे। अब क्षमता विस्तार गरी १५ दिन पुर्याइएको हो। 
चीन र पाकिस्तानसँग हुने ‘टु फ्रन्ट वार’ का लागि तयार पार्न यस्ते रणानीति अपनाइएको बताइएको छ। 

ट्यांक र तोपखानाका लागि ठूलो संख्यामा मिसाइल र गोलाबारुदसँगै जमिनबाट लड्ने सैनिकसमेत एकत्रित गरिएको छ। 

Laxmi sunrise bank
kumari

केही वर्षअघि सशस्त्र बललाई ४० दिनको गहन युद्धका लागि हतियार र गोलाबारुद भण्डारण गर्ने अनुमति थियो। तर भण्डारण र युद्धको परिवर्तित स्वरुपका कारण यसलाई घटाएर १० दिनमा झारिएको थियो।

उरी हमलापछि युद्धका लागि हतियार भण्डार क्षमताबारे प्रश्न उठ्दै आएको थियो। यही क्रममा भारतका तत्कालीन रक्षामन्त्री मनोहर पर्रिकरको नेतृत्वमा रक्षा मन्त्रालयले सेना, नौसेना र वायु सेनाका उपाध्यक्षको वित्तीय शक्ति सय करोडबाट बढाएर पाँच सय करोड बनाइएको थियो। 

तीनै सेवालाई कुनै पनि उपकरण खरिद गर्न तीन सय करोड रुपैयाँको आपतकालीन वित्तीय अधिकारसमेत दिइएको थियो। अमरउजालाबाट

प्रकाशित: Dec 13, 2020| 11:48 आइतबार, मंसिर २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।