मंगलबार, भदौ २३, २०८३

प्रदेश १ मा ६७ संक्रमित थपिए, ५९ जना डिस्चार्ज

प्रदेश १ मा आज ६७ जना कोरोना संक्रमित थपिएका छन्। मोरङमा ३१, झापामा १८, सुनसरीमा ५, तेह्रथुम, ताप्लेजुङ र उदयपुरमा २–२, संखुवासभा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
 |  आइतबार, मंसिर २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २८, २०७७

विराटनगर- प्रदेश १ मा आज ६७ जना कोरोना संक्रमित थपिएका छन्।

मोरङमा ३१, झापामा १८, सुनसरीमा ५, तेह्रथुम, ताप्लेजुङ र उदयपुरमा २–२, संखुवासभा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मोरङको विराटनगरमा १६, बेलबारीमा १२, सुन्दरहरैचामा २ र रतुवामाईमा १, झापाको विर्तामोडमा ६, दमकमा ४, गौरादहमा ३, शिवसताक्षीमा २, गौरीगञ्ज, मेचीनगर र कमलगाउँपालिकामा १–१, इटहरीमा २, इनरुवा, रामधुनी र बर्जुमा १–१, तेह्रथुमको लालीगुराँसमा २, ताप्लेजुङको फुङलिङमा २, उदयपुरको त्रियुगामा २, संखुवासभाको खाँदबारी र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ५ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। प्रदेश १ मा कोरोना संक्रमितको संख्या २८ हजार ८७९ पुगेको छ। 

प्रदेश १ मा आज ५९ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुने सबै होम आइसोलेसनका रहेका छन्।

प्रदेश १ मा आज ४६० जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएकामध्ये ३७ महिला र ३० पुरुषको रिपोर्ट पोजेटिभ आएको हो। हालसम्म २ लाख ६ सय ३८ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित: Dec 13, 2020| 11:45 आइतबार, मंसिर २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।