मंगलबार, भदौ २३, २०८३

मानव बेचबिखनमा संलग्न महिला पक्राउ

गैरकानुनी रुपमा पाँचजनालाई दक्षिण अफ्रिकामा बेचबिखन गरेको अभियोगमा फरार महिलालाई प्रहरीले पक्राउ गरेको छ। 
 |  आइतबार, मंसिर २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २८, २०७७

काठमाडौं– गैरकानुनी रुपमा पाँचजनालाई दक्षिण अफ्रिकामा बेचबिखन गरेको अभियोगमा फरार महिलालाई प्रहरीले पक्राउ गरेको छ। 

प्रहरीको केन्द्रीय मानव बेचबिखन ब्युरोले सिन्धुपाल्चोक घर भई काठमाडाैं बस्ने ५० वर्षीया अनिता तामाङ भनिने अनिता सुनुवारलाई पक्राउ गरेको हो।

ब्युरोको टोलीले आइतबार दिउँसो उनलाई काठमाडौंको चाबहिलबाट पक्राउ गरेको हो। 

बेचबिखनमा संलग्न रही फरार ताप्लेजुङका ४३ वर्षीय गणेशकुमार लोंवालाई ब्युरो टोलीले १६ मंसिरमा पक्राउ गरेको थियो। 

३ चैत २०७३ मा पाँच जनालाई वैदेशिक रोजगारीमा आकर्षक तलब दिलाइदिने प्रलोभनमा पारी गैरकानुनी तवरले त्रिभुवन विमानस्थलबाट भारत, दुबई, कतार, मोजाम्बिक हुँदै दक्षिण अफ्रिका पुर्याएर बिक्री गरिएको थियो।

त्यहाँ उनीहरुमाथि शारीरिक, मानसिक र आर्थिक शोषण गरी चार–पाँच महिनासम्म बन्धक बनाई राखिएको थियो। कोही नभएको मौका पारेर बन्धक बनाइएका पाँचैजना भागेर नेपाली दूतावासमा पुगेका थिए। 

त्यसपछि उनीहरुलाई दूतावासले आफन्तसँग सम्पर्क गरेर नेपाल फिर्ता पठाएको थियो।

नेपाल फर्किएपछि पीडितले ब्युरोमा उजुरी दिएका थिए। यसअघि पक्राउ परेका र आज पक्राउ परेका दुवैलाई काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरेर आवश्यक अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ। 
 

प्रकाशित: Dec 13, 2020| 11:29 आइतबार, मंसिर २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।