मंगलबार, भदौ २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • उखु किसानको आन्दोलनमा विवेकशील साझा पार्टीको ऐक्यबद्धता  

उखु किसानको आन्दोलनमा विवेकशील साझा पार्टीको ऐक्यबद्धता  

उखु किसानले बक्यौता रकम उठाउन गरिरहेको आन्दोलनमा विवेकशील साझा पार्टीले ऐक्यबद्धता जनाएको छ। 
 |  आइतबार, मंसिर २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २८, २०७७

काठमाडौं– उखु किसानले बक्यौता रकम उठाउन गरिरहेको आन्दोलनमा विवेकशील साझा पार्टीले ऐक्यबद्धता जनाएको छ। 

आइतबार विज्ञप्ति जारी गर्दै साझाले आफ्नो पसिना र परिश्रमको प्रतिफल पाउनसमेत  आन्दोलन गर्नुपर्ने अवस्था आउनुमा सरकार जिम्मेवार रहेको बताएको हो। 

गत वर्ष पुष १८ गते उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले एक महिनाभित्रै चिनी उद्योगीहरूबाट किसानलाई भुक्तानी दिलाइदिने सहमति गरेको थियो। उक्त सहमतिपछि किसानले आन्दोलन स्थगित गरेका थिए। 

सहमतिको एक वर्ष पूरा हुँदा पनि कार्यान्वयन नहुनु खेदजनक भएको साझाले जनाएको छ। 

विज्ञप्तिमा भनिएको छ, ‘यसबाट सरकार आम किसानलाई न्याय दिलाउने पक्षमा छ भन्नेमा प्रशस्त आशंका उब्जिएको छ।’ 

किसानले आगामी दिनमा संघर्ष गर्नु नपर्ने गरी समस्या समाधानका लागि तुरुन्त जिम्मेवार बन्न सरकारसमक्ष साझाले अनुरोध पनि गरेको छ।

पार्टीले कृषि उपजको न्यूनतम समर्थन मूल्य तोकी खरिद र तत्काल भुक्तानीसमेतको ग्यारेन्टी सरकारी तहबाट हुनुपर्ने पनि बताएको छ। 
 

प्रकाशित: Dec 13, 2020| 08:47 आइतबार, मंसिर २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।