मंगलबार, भदौ २३, २०८३

विराटनगरमा झापाकी सङ्क्रमित महिलाको मृत्यु

कोरोना भाइरस सङ्क्रमित झापाकी एक महिलाको शनिबार राति विराटनगरमा मृत्यु भएको छ ।
 |  आइतबार, मंसिर २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २८, २०७७

विराटनगर–कोरोना भाइरस सङ्क्रमित झापाकी एक महिलाको शनिबार राति विराटनगरमा मृत्यु भएको छ ।

विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा झापा गौरादह–५ की ५५ वर्षीया महिलाको मृत्यु भएको हो । अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार उपचाररत अवस्थामै राति ११ः३० बजेतिर महिलाको ज्यान गएको हो ।

पीसीआर परीक्षण गराउँदा मंसिर २१ रिपोर्ट पोजिटिभ आएपछि महिलालाई उपचारका लागि नोबेल अस्पताल भर्ना गरिएको थियो । मृतकमा श्वास फेर्न गाह्रो हुने, ज्वरो आउने लगायतको समस्या रहेको दाहालको भनाइ छ ।

प्रकाशित: Dec 13, 2020| 06:04 आइतबार, मंसिर २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।