मंगलबार, भदौ २३, २०८३

धादिङमा ५० किलो चरेशसहित एकजना पक्राउ

धादिङमा सशस्त्र प्रहरी बलको नेपाल लोकमार्ग सुरक्षा पोष्ट आदमघाटबाट खटिएको टोलीले ५० किलो चरेशसहित एकजनालाई पक्राउ गरेको छ। 
 |  आइतबार, मंसिर २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २८, २०७७

काठमाडौं– धादिङमा सशस्त्र प्रहरी बलको नेपाल लोकमार्ग सुरक्षा पोष्ट आदमघाटबाट खटिएको टोलीले ५० किलो चरेशसहित एकजनालाई पक्राउ गरेको छ। 

धादिङको गल्छी गाउँपालिका–८ का ३४ वर्षीय दिपक मगरलाई सशस्त्र प्रहरीको टोलीले चरेशसहित पक्राउ गरेको हो। 

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी निरीक्षक गणेश खड्काको कमाण्डमा खटिएको प्रहरी टोलीले थार्के गाउँपालिका–१

खयरघारीस्थित पूर्व पश्चिम लोकमार्गबाट उनलाई पक्राउ गरेको हो। बा २१ प ८७६ नम्बरको मोटरसाइकलमा सवार मगरले तीन वटा झोलामा राखेर लैजाँदै गरेको अवस्थामा उल्लेखित चरेश भेटिएपछि उनलाई पक्राउ गरिएको हो।

चरेश लिएर गल्छीबाट खयरघारीतर्फ जाँदै गरेका मगरलाई राति करिब साढे आठ बजे एपीएफ टोलीले फेला पारेको थियो। उनलाई राति नै आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय गजुरीमा बुझाइएको छ।

बरामद गरिएको चरेश धादिङको गोगनपानी भन्ने ठाउँबाट काठमाडौं ल्याउन लागिएको खुलेको छ।

प्रकाशित: Dec 13, 2020| 06:01 आइतबार, मंसिर २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।