शुक्रबार, असार ५, २०८३

महामारीका बीच पशुपतिनाथमा दीपदान (फोटो फिचर)

कोरोना फैलने डरले यस वर्ष पशुपतिनाथमा मेला भने नलागेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
 |  शनिबार, मंसिर २७, २०७७

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

शनिबार, मंसिर २७, २०७७

काठमाडौं। आज बेलुकीबाट बालाचतुर्दशी पर्व सुरु भएको छ। 

National life

यस पर्वमा बेलुकी दिवंगत पितृका नाममा दीपदान गर्ने र चतुर्दशीका दिन बिहान सतबिज छर्ने गरिन्छ। 

पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा बालाचतुर्दशीको अघिल्लो रात आज दिवंगत पितृका नाममा दीपदान गर्न लाखौं भक्तजन आउने गरेका थिए। 

कोरोना फैलने डरले यस वर्ष पशुपतिनाथमा मेला भने नलागेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

यद्यपि केही स्थानीयवासीहरूले भने पशुपतिमा दीपदान गरेका छन्।

Shivam cement

पशुपतिमा जम्मा भएका भक्तजनहरूलाई प्रहरीले भीडभाड नगर्न अनुरोध गरेको थियो। 

पशुपतिनाथ यस वर्ष सुनसान जस्तै छ।

पशुपतिमा दूरी कायम गरी भोलि चतुर्दशीका दिन बिहान सतबीज भने छर्न सकिने कोषले जनाएको छ। 

बालाचतुर्दशीको पूर्वसन्ध्या मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन राति भक्तजनले पशुपतिनाथको मन्दिर वरपर बसी दिवंगत आत्माका नाममा महादीप बाली भजनकीर्तन र लोक झाँकी प्रस्तुत गरी रात बिताउने गर्ने परम्परा छ।  

प्रकाशित: Dec 12, 2020| 15:39 शनिबार, मंसिर २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।