सोमबार, जेठ ४, २०८३

शैक्षिक परामर्श र भाषा प्रशिक्षण कक्षा सञ्चालनको लागि इक्यानको पत्र 

शैक्षिक परामर्श सेवा तथा भाषा प्रशिक्षण कक्षा सञ्चालनको स्वीकृति माग गर्दै नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले शिक्षा मन्त्रालयमा अनुरोध पत्र बुझाएको छ। 
 |  शुक्रबार, मंसिर २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २६, २०७७

काठमाडौं– शैक्षिक परामर्श सेवा तथा भाषा प्रशिक्षण कक्षा सञ्चालनको स्वीकृति माग गर्दै नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले शिक्षा मन्त्रालयमा अनुरोध पत्र बुझाएको छ। 

National life

इक्यानको टोलीले शिक्षा मन्त्रालयका उच्च शिक्षा महाशाखा प्रमुख ईमनारायण श्रेष्ठलाई शैक्षिक परामर्श सेवा तथा भाषा प्रशिक्षण कक्षा सञ्चालन स्वीकृतिका लागि शुक्रबार अनुरोध पत्र बुझाएको हो।

टोलीमा इक्यानका द्वितिय उपाध्यक्ष शेषराज भट्टराईको संयोजकत्वमा महासचिव दिपकराज भुसाल र कार्यसमिति सदस्य रत्नबहादुर भट्टराई सहभागी थिए। 

अन्य गतिविधिका साथै विद्यालय, विश्वविद्यालयका परीक्षालगायत शैक्षिक क्रियाकलाप पनि नियमित सञ्चालन हुन थालेको भन्दै इक्यानले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै कक्षा सञ्चालन गर्न दिनुपर्ने बताएको छ। 

मन्त्रालयमा बुझाइएको अनुरोध पत्रमा ‘भाषाका कक्षामा १० देखि बढीमा २० जना मात्र हुने भएकोले भीडभाड नहुने’ उल्लेख गरिएको छ। 

कक्षा सञ्चालन गर्दा, परामर्श सेवा दिंदा वा अन्य  गतिविधि गर्दा सरकारले तोकेको स्वास्थ्यको मापदण्ड पूर्णरुपमा पालना गर्ने पनि इक्यानले प्रतिबद्धता जनाएको छ। 

कोरोना संक्रमणको जोखिम बढेसँगै शैक्षिक परामर्श केन्द्रहरू गत चैतको पहिलो सातादेखि बन्द छन्। 


 

प्रकाशित: Dec 11, 2020| 11:15 शुक्रबार, मंसिर २६, २०७७
प्रतिक्रिया दिनुहोस्