आइतबार, वैशाख २७, २०८३

सन् २०२० मा ४२ पत्रकारकाे हत्या

इन्टरनेसलन फेडरेसन अफ जर्नालिस्ट्स (आईएफजे) का अनुसार हरेक वर्ष विश्वमा औसत ४० पत्रकारको हत्या हुने गरेको छ। 
 |  शुक्रबार, मंसिर २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २६, २०७७

सन् २०२० संसारभर ४२ पत्रकार मारिएका छन्। इन्टरनेसलन फेडरेसन अफ जर्नालिस्ट्स (आईएफजे) का अनुसार हरेक वर्ष विश्वमा औसत ४० पत्रकारको हत्या हुने गरेको छ। 

National life

पछिल्लो तीन दशकमा मात्र संसारमा दुई हजार ६५८ जना पत्रकारको हत्या भएको आईएफजेको तथ्यांक छ।

विगत चार वर्षदेखि पत्रकारका लागि खतराको देशको सूचीमा मेक्सिको अग्रपंक्तिमा छ। सन् २०२० मा मेक्सिकोमा १३ पत्रकार मारिएका छन्। 

यस वर्ष पाकिस्तनामा पाँच र भारतमा तीन पत्रकार मारिएको आईएफजेले जनाएको छ। पत्रकार मारिने अन्य देशमा अफगानिस्तान, इराक र नाइजेरिया छन्।

यति बेला आफ्नो कामसँग सम्बन्धित मुद्दामा विभिन्न देशका २३५ पत्रकार जेल सजाय भोगिरहेका छन्।

आईएफजेका महासचिव एन्थोनी बैलैंगरले भने, ‘यो तथ्यांक मात्र होइन, यो त हाम्रा सहकर्मी साथीहरु हुन्, जसले आफ्नो कामका लागि जीवन समर्पित गरिदिए।’

उनले आईएफजे पत्रकारविरुद्ध भएका हरेक घटनालाई पछ्याउँदै सरकार र कानुनी निकायमाथि दोषीलाई सजायका लागि दबाब दिन सक्रिय रहेको बताए। रोयटर्स
 

प्रकाशित: Dec 11, 2020| 10:03 शुक्रबार, मंसिर २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।