बिहीबार, फागुन २८, २०८२

जन्मदर बढाउन जापानमा एआईको सहारा

जापानले जन्मदर चिन्ताजनक स्थितिमा पुगेपछि नयाँ तरिका अपनाएको छ। 
 |  शुक्रबार, मंसिर २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २६, २०७७

जापानले जन्मदर चिन्ताजनक स्थितिमा पुगेपछि नयाँ तरिका अपनाएको छ। 

National life

उसले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) म्याचमेकिङ स्किम (जोडी खोज्ने काम) लाई सहयोग गर्ने योजना बनाएको छ, जसबाट मानिसहरुलाई सम्बन्ध बढाउन मद्दत पुगोस्। 

जापानी युवाहरुमा प्रेम सम्बन्ध बनाउने, बिहे गरेर बच्चा जन्माउने जस्ता कुरामा रुची कम भएको बताइन्छ। यसैलाई मध्यनजर गरेर जोडीहरुको मिलनका लागि काम गर्ने स्थानीय सरकारलाई केन्द्रीय सरकारले अनुदान दिन लागेको हो। 

पछिल्लो वर्ष जापानमा अहिलेसम्मकै कम बच्चा जन्मिएका थिए। त्यहाँ वृद्धवृद्धाको संख्या बढ्दो क्रममा छ। विश्वमै सबैभन्दा कम प्रजनन् दर भएको देश हो जापान। जन्म दर बढाउन त्यहाँको सरकारले अनेक प्रयास गरिरहेको छ।

२१ औं शताब्दीको अन्त्यसम्ममा जापानको जनसंख्यामा ठूलो गिरावट आउने अनुमान छ। २०१७ मा त्यहाँको जनसंख्या १२ करोड ८० लाख रहेकोमा शताब्दीको अन्त्यमा ५ करोड ३० लाखमा झर्ने अनुमान छ। 

Laxmi sunrise bank
kumari

जापानमा वर्कफोर्स अर्थात् काम गर्ने उमेरका मानिसको पनि कमी हुँदै गइरहेको छ। यस्तो अवस्थामा एआईको प्रयोग गरेर म्याचमेकिङलाई बढावा दिने सरकारको योजना उपयोगी हुन सक्ने जानकारहरु बताउँछन्।
 

प्रकाशित: Dec 11, 2020| 00:57 शुक्रबार, मंसिर २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।