बिहीबार, फागुन २८, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • जापानमा बढ्दै छ काेराेना संक्रमण, टोकियोमा एकैदिन भेटिए ६०२ सङ्क्रमित

जापानमा बढ्दै छ काेराेना संक्रमण, टोकियोमा एकैदिन भेटिए ६०२ सङ्क्रमित

जापानको राजधानी टोकियोमा पहिलोपटक एकैदिन ६०२ जना कोरोना भाइरस सङ्क्रमित भेटिएका छन्। 
 |  बिहीबार, मंसिर २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २५, २०७७

टाेकियाे। जापानको राजधानी टोकियोमा पहिलोपटक एकैदिन ६०२ जना कोरोना भाइरस सङ्क्रमित भेटिएका छन्। 

National life

दैनिक सङ्क्रमितको सङ्ख्यामा अत्यधिक वृद्धि भएपछि उच्च सतर्कता अपनाउन स्वास्थ्यकर्मीहरूले सबैलाई आग्रह गरेका छन्।

टोकियोमा मात्रै ६०२ जना सङ्क्रमित भएको दिन देशभरि भने दुई हजार ८१० जना सङ्क्रमित भएका छन्। 

जापानमा कोरोना भाइरसको सङ्क्रमण सुरु भएदेखि अहिलेसम्म कुल एक लाख ६८ हजार ५७३ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् भने दुई हजार ४६५ जनाको मृत्यु भएको छ। 

‘अवस्था अझै सामान्य भएको छैन, बरु थप गम्भीर भएको छ, यसलाई हेलचेक्य्राइँ नगरौँ,’ टोकियोका गभर्नर यूरीको कोइकेले भने।

Laxmi sunrise bank
kumari

उनले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन पनि सबैलाई आग्रह गरेका छन्। रासस

प्रकाशित: Dec 10, 2020| 14:58 बिहीबार, मंसिर २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।