बुधबार, भदौ २४, २०८३

गण्डकीमा कोरोनाका संक्रमणबाट थप ४ जनाको मृत्यु

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ।
 |  बिहीबार, मंसिर २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २५, २०७७

पोखरा- गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ। १०३ जना संक्रमित थपिएका छन्। 

मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका वडा नं ७ का ६५ वर्षीय पुरुष, वडा नं १० का ८१ वर्षीय पुरुष र वडा नं १३ का ५१ वर्षीय पुरुष रहेका छन्।

त्यस्तै तनहुँको शुक्ला गण्डकी नगरपालिका वडा नं ८ का ७४ वर्षीय कोरोना संक्रमित पुरुषको पनि मृत्यु भएको निर्देशनालयले जनाएको छ।

यीसँगै प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १८० पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिए।

निर्देशनालयका अनुसार प्रदेशमा आज १०३ कोरोना संक्रमित थपिएका छन्। प्रदेशमा कूल संक्रमितको संख्या १३ हजार ७९ पुगेको छ भने सक्रिय संक्रमित पाँच हजार ३३८ पुगेका छन्।

हालसम्म सात हजार ५६१ कोरोना संक्रमित निको भएको निर्देशनालयले जनाएको छ। रासस

प्रकाशित: Dec 10, 2020| 14:17 बिहीबार, मंसिर २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।