आइतबार, वैशाख २७, २०८३

अफगानिस्तानमा महिला पत्रकारकाे गोली हानी हत्या

पूर्वी अफगानिस्तानमा एक महिला पत्रकारको गोली हानेर हत्या गरिएको छ। 
 |  बिहीबार, मंसिर २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २५, २०७७

काठमाडौं।  पूर्वी अफगानिस्तानमा एक महिला पत्रकारको गोली हानेर हत्या गरिएको छ। 

National life

हत्या हुनेमा एनिकास टिभी तथा रेडियोकी पत्रकार मलाला माएवंद रहेकी छन्। 

बिहीबार जलालावादमा काममा गइरहेका बेला हतियारधारीले उनको गाडीमा फायर गरेका थिए। 

गाडीका चालक मोहम्मद ताहिर पनि सो हमलामा मारिएका छन्।

अहिलेसम्म कुनै पनि समूहले आधिकारिकरूपमा घटनाकाे जिम्मेवारी लिएका छैनन्। 

सो प्रान्तका गभर्नरका प्रवक्ता अताउल्ला खोगियानीले घटनापछि  हमलाकारीहरू भाग्न सफल भएको  स्थानीय मिडियाललाई बताएका छन्। 

हालै नेटो र युरोपियन युनियनले एक वक्तव्य जारी गरेर अफगानिस्तानमा निशाना बनाएर भइरहेको हत्याको निन्दा गरेका थिए।

माएवंद एक सामाजिक अभियन्तासमेत थिइन्। उनले अफगानिस्तानमा महिला पत्रकारहरूले भाेग्नुपर्ने चुनौतीका बारेमा खुलेर बोल्ने गरेकी थिइन्। 

समाचार एजेन्सी रोयटर्सका अनुसार उनकी आमा पनि एक सामाजिक अभियन्ता थिइन्, जसको हत्या पाँच वर्षअघि अज्ञात बन्दुकधारीहरूले गरेका थिए। बीबीसी

प्रकाशित: Dec 10, 2020| 13:08 बिहीबार, मंसिर २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।