बुधबार, भदौ २४, २०८३

प्रदेश १ मा १७५ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश १ मा १७५ जना कोरोना संक्रमित थपिएका छन्।
 |  बिहीबार, मंसिर २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २५, २०७७

विराटनगर– पछिल्लो २४ घण्टामा प्रदेश १ मा १७५ जना कोरोना संक्रमित थपिएका छन्।

९३४ जनाको पीसीआर परीक्षण गर्दा ६० महिला र ११५ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको हो। 

सुनसरीमा ६१, मोरङमा ५५, झापामा ३४, ताप्लेजुङमा ५, धनकुटा र संखुवासभामा २–२, खोटाङ, उदयपुर, इलाम र पाँचथरमा १–१ र प्रदेश १ बाहिरका  १२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या २८ हजार ६७७ पुगेको छ। प्रदेश १ मा आज ४९ जना डिस्चार्ज भएका छन्। 

होम आइसोलेसनबाट २१, विराट सामुदायिक भवन आइसोलेसनबाट १०, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ९, मेची अस्पतालबाट ४, मारवाडी सेवा सदन आईसोलेसनबाट २,  विराट मेडिकल कलेज, न्युरो अस्पताल र कालिसदन आइसोलेसनबाट १–१ जना डिस्चार्ज भएका हुन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २३ हजार ४५२ पुगेको छ।

प्रकाशित: Dec 10, 2020| 11:24 बिहीबार, मंसिर २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।