काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि हुनेमा १६० महिला र २४४ जना पुरुष छन्।
बिहिबार काठमाडौंमा ३२८, भक्तपुरमा २५ र ललितपुरमा ५१ जना नयाँ संक्रमित थपिएका हुन्। हाल काठमाडौमा ४ हजार ७४५ जना सक्रिय कोरोना संक्रमित छन् भने ८६ हजार ७२८ जना कोरोना मुक्त भएका छन्।
काठमाडौंमा हालसम्म ४३२ जना संक्रमितको मृत्यु भएको छ। त्यस्तै भक्तपुरमा ८ हजार ३६१ जना संक्रमित भएकोमा ७ हजार ८५२ जना कोरोनामुक्त भएका छन्। हाल ४१२ जना सक्रिय संक्रमित छन् भने ९७ जनाको मृत्यु भएको छ।
ललितपुरमा १४ हजार १४३ जना संक्रमित भएकोमा १३ हजार ६४ जना कोरोनामुक्त भएका छन्। ९५० जना संक्रमित सक्रिय छन् भने १२९ जना संक्रमितको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ।
आज देशभर १ हजार २ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ हजार ६४ जना कोरोनामुक्त भएका छन्।