आइतबार, वैशाख २७, २०८३

धनी देशले कब्जामा लिँदै कोरोना भ्याक्सिन

क्यानडाले आफूलाई आवश्यकभन्दा पाँच गुणा बढी भ्याक्सिन माग गरेको छ।  
 |  बिहीबार, मंसिर २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २५, २०७७

यति बेला विश्वमा आम चासोको विषय बनेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप। 

National life

महामारीबाट बच्न केही मुलुकमा आफ्ना नागरिकलाई खोप दिन थाले पनि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले खोप निर्माता कुनै कम्पनीलाई पनि स्वीकृति दिएको छैन। 

धनी देशहरुले भने आफूलाई चाहिने भन्दा बढी खोप आपूर्ति गर्ने पूर्वतयारी थालेका छन्।
 
विश्वको कुल जनसंख्याको १४ प्रतिशत सम्पन्न देशमा बसोबास गर्छन्। 

पिपुल्स भ्याक्सिन अलायन्सका अनुसार सम्पन्न देशले खोपको ५३ प्रतिशत माग गरिसकेका छन्। 

अब विश्वका ८६ प्रतिशत मानिसका लागि ४७ प्रतिशत मात्र खोप बाँकी छ। त्यसैले सबै देशले खोप पाउन ठूलो चुनौती छ। 

अलायन्समा अक्सफाम, एम्नेस्टी इन्टरनेसनल र ग्लोबल जस्टिस जस्ता संस्था आबद्ध छन्। 

अलायन्सका अनुसार अहिलेसम्म प्रभावकारी ठानिएका बायोनटेक फाइजर र मोर्डेनाले उत्पादन गरेका खोपको ठूलो परिमाण धनी देशहरूले खरिद गर्न सुरु गरेका छन्।

क्यानडाले आफूलाई आवश्यकभन्दा पाँच गुणा बढी भ्याक्सिन माग गरेको छ।  युरोपेली संघ, अमेरिका, बेलायत, जापान, स्विट्जरल्यान्ड, अस्ट्रेलिया, हङकङ, मकाउ, न्युजिल्यान्ड, इजरायल र कुवेतले पनि खोपको पर्याप्त भण्डारण गर्नका लागि माग गरेका छन्। 

अधिकांश देशले मोर्डेना खरिदका लागि अर्डर गरेका छन्।

‘नाफा हैन, जीवन सोचौं’ 

धनी देशको यस्तो होडका कारण विश्वका ६७ प्रतिशत विपन्न तथा पिछडिएका मुलुकसम्म कोरोना भ्याक्सिन सहजै उपलब्ध हुन चुनौती देखिएको छ। 

अलायन्सले खोप निर्माता कम्पनीलाई खोप बनाउने सूत्र अन्य देशलाई पनि बताउन अपिल गेको छ। 

खोप बनाउने सूत्र सबै देशलाई थाहा भएमा विश्वका धेरै मानिसले कोरोन भाइरस विरुद्धको खोप चाँडै प्राप्त गर्न सक्ने विश्वास अलायन्सको छ। 

पिपुल्स भ्याक्सिन अलायन्सका सल्लाहकारर मोहगा कमलयानीले रोयटर्ससँग भने, ‘विश्व महामारीको यो त्रासदीपूर्ण समयमा भ्याक्सिन निर्माताहरुले मुनाफाभन्दा मानिसको जिन्दगीलाई महत्त्व दिन आवश्यक छ।’

भुटान, इथियोपिया, हैटीजस्ता ६७ देशका नागरिकले समयमै खोप पाउन निकै कठिनाइको सामना गर्नुपर्ने सम्भावना रहेको भन्दै चिन्ता व्यक्त गरेको छ।

अक्सफोर्ड युनिभर्सिटीले भने ६४ प्रतिशत खोप विकासशील देशलाई उपलब्ध गराउने दाबी गरेको छ। रोयटर्स   

प्रकाशित: Dec 10, 2020| 10:12 बिहीबार, मंसिर २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।