मंगलबार, चैत १०, २०८२

वर्ल्ड बुक अफ रेकर्डसमा स्कोलास्टिक फाउन्डेसन छनोट

वर्ल्ड बुक अफ रेकर्डसले प्रकाशन गर्ने विश्व कीर्तिमानहरूको सूचीमा भक्तपुरको स्कोलास्टिक फाउन्डेसन नेपाल छनोट भएको छ।
 |  बिहीबार, मंसिर २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २५, २०७७

काठमाडौं– वर्ल्ड बुक अफ रेकर्डसले प्रकाशन गर्ने विश्व कीर्तिमानहरूको सूचीमा भक्तपुरको स्कोलास्टिक फाउन्डेसन नेपाल छनोट भएको छ। बेलायतको वर्ल्ड बुक अफ रेकर्ड लिमिटेड नामक संस्थाले विभिन्न समयमा विश्व कीर्तिमान संग्रहित पुस्तकको प्रकाशन गर्ने गर्छ। 

National life

वर्ल्ड बुक अफ रेकर्डसको वर्ष २०२० को सिल्भर संस्करणको पुस्तकमा फाउन्डेसन नाम पनि सम्मिलित भएको हाे। 

सो प्रमाणपत्र शिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले फाउण्डेशनलाई बुधबार हस्तान्तरण गरेको फाउन्डेसनका अध्यक्ष सस्मित पोखरेलले पत्रकार सम्मेलनमा बताए।

फाउन्डेसनले गत वर्ष भदौमा न्यु क्यापिटल कलेज रत्ननगर चितवनमा एस्पायर स्कोलास्टिक मिट नामक कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रम बहस–वादविवाद, वक्तृत्व कला, निवन्ध लेखन, चित्रकलालगायत विभिन्न १३ क्षेत्रको कार्यक्रम भिजिट नेपाल २०२० को थिममा गरिएको थियो। 

प्रतियोगितामा नेपाल भ्रमण वर्ष २०२० लाई प्रमुख विषय बनाइएको थियो। वर्ल्ड रेकर्डको सूचीमा पर्दै विभिन्न प्रक्रिया पार गरेपछि फाउन्डेसनले प्रमाणपत्र प्राप्त गर्न सफल भएको हो। 

Laxmi sunrise bank
kumari

स्कोलाष्टिक मिट २०१९ मा एकै ठाउँमा वक्तृत्वकला, निबन्ध लेखन, चित्रकलालगायत विभिन्न १३ प्रकारका प्रतियोगिताको आयोजना गरिएको फाउन्डेसननका संस्थापक अध्यक्ष प्रज्वल भट्टराईले बताए। आफूहरूले विद्यार्थीमा सृजनाको भोक जगाउने काम गरेको बताउँदै फाउन्डेसनका अध्यक्ष सस्मित पोख्रेलले वर्ल्ड बुक अफ रेकर्डको सम्मानले आफूमा थप ऊर्जा थपिएको उल्लेख गरे। 

पत्रकार सम्मेलनमार्फत भट्टराईले विभिन्न आठ वटा कार्यक्रमको समेत घोषणा गरेका थिए । विद्यार्थीहरूमा फरकफरक प्रतिभा हुने भएकाले उनीहरूलाई आफ्नो कलासँग साक्षात्कार गराउनु फाउन्डेसनको उद्देश्य रहेको उनले बताए।

फाउन्डेसन दुई वर्षअघि स्थापना भएको हो। विद्यार्थीहरुमा सिर्जनाको उत्साह भरिदिने र बौद्धिकताको भोक जगाउन संघ, प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर देशभर कार्यक्रम सञ्चालन गर्दै जाने फाउन्डेसनले जनाएको छ। 

प्रकाशित: Dec 10, 2020| 09:21 बिहीबार, मंसिर २५, २०७७
प्रतिक्रिया दिनुहोस्