बिहीबार, फागुन २८, २०८२

फाइजरको कोरोना भ्याक्सिनलाई क्यानाडामा पनि अनुमति 

क्यानाडाले पनि कोरोना भाइरसविरुद्धको फाइजर खोप नागरिकमा लगाउने गरी स्वीकृति दिएको छ।
 |  बिहीबार, मंसिर २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २५, २०७७

क्यानाडाले पनि कोरोना भाइरसविरुद्धको फाइजर खोप नागरिकमा लगाउने गरी स्वीकृति दिएको छ।

National life

क्यानाडाको स्वास्थ्य सम्बन्धी एक संस्था हेल्थ क्यानाडाले सो खोपको अनुमति दिने विषयमा व्यापक अनुसन्धान भएको र सरकारले क्यानाडाका १६ वर्षभन्दा माथिको उमेरका नागरिकलाई लगाउनका लागि अनुमति दिइएको बताएको छ।

अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सले क्यानाडा सरकारले फाइजर खोपको प्रभावकारिता र यसको स्वास्थ्य सुरक्षाका सम्बन्धमा व्यापक मात्रामा खोजी र अनुसन्धान गरेको र त्यसपछि यो खोप लगाउन सुरक्षित देखिएको भन्दै उक्त खोप सिफारिश गरेको हो।

अर्को हप्तादेखि क्यानाडामा सो खोप लगाइने भएको छ। स्वास्थ्य अधिकारीहरुले अर्को हप्तासम्ममा क्यानाडामा खोप आइपुग्ने र नागरिकलाई लगाउन थालिने जनाएका छन्।

क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रयुडेउले अर्को हप्तासम्ममा यो खोप क्यानाडामा आइपुग्ने जानकारी दिए। उनले सो खोपको प्रभावकारिताको अनुसन्धान भएको र क्यानाडाका १४ वटा वितरक कम्पनीहरुले उक्त खोप यहाँ ल्याएर वितरण गर्ने बताए।

Laxmi sunrise bank
kumari

उता पछिल्लो समयमा झन् कोरोनाबाट अति प्रभवित देशको सूचीमा रहेको बेलायतले मंगलबारदेखि नै कोरोना विरुद्धको खोप लगाउने भएको यसअघि नै बताएको थियो। करिब एक साता पहिले नै फाइजर बायोएनटेक खोपको बेलायती नियामक निकायले अनुमति दिएको थियो। बेलायती कम्पनीहरुले यो खोप वितरण गरिसकेका छन् र नागरिकले पनि लगाउन थालेका छन्।

उता फ्रान्समा भने लकडाउन नै कायम छ। नागरिकको माग भए पनि लकडाउन खोल्न सरकार तयार भएको छैन। त्यहाँको सरकारले खोपका बारेमा कुनै निर्णय गरेको छैन। 
यो खोप क्यानाडाले ३६ करोड, बेलायतले ३६ करोड, इन्डोनेसियाले ३५ करोड, जापानले २९ करोड र ब्राजिलले १९ करोड डोज खरिदको अनुमति दिएका छन्।

संसारभरमा हालसम्म ६ करोडभन्दा बढी कोरोना संक्रमित भइसकेका छन् भने त्यसमध्ये १५ लाख भन्दा बढीको ज्यान गइसकेको छ। यो भाइरसबाट अमेरिकमा मात्रै संक्रमितको संख्या डेढ करोडभन्दा पनि बढी देखिएको छ। २ लाख ९० हजारकोे ज्यान गएको छ।
–रासस

प्रकाशित: Dec 10, 2020| 06:24 बिहीबार, मंसिर २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।